धम्पुस / तोम्लें

धम्पुस शब्दले वर्तमान धम्पुस गाउँको नामलाई बुझाउँछ भने तोम्लें शब्दले धम्पुस गाउँको पुरानो नामलाई बुझाउँछ I धम्पुस शब्दको अर्थ तोम्लें होईन I

यथार्थमा तोम्लेंमा बसोवास गर्ने आदिबासी गुरुङ्ग ( तमू )हरुको मातृ भाषा तथा नेपालको राष्ट्रिय भाषा गुरुङ्ग ( तमू ) भाषामा नामकरण गरिएको नाम हो ” तोम्लें I
गुरुङ्ग ( तमू ) भाषामा तोम्लें को अर्थ कुनै सरसमान बिर्सेको वा छुटेको छ कि ? भन्ने जनाउछ I

पछि यसै शब्द तोम्लें लाई प्रयोग गरि तत्कालिन तोम्लेंका आदिबासी गुरुङ्ग ( तमू ) हरुले हालको धम्पुस गाउँकोलाई तोम्लें भनेर नामकरण गरेका थिए I

यस गाउँ समुन्द्र सतह देखि १६५० मिटर माथि अवस्थित रहेको छ,यो गाउँ कास्की जिल्ला माछापुच्छ्रे गाउँ पालिका वडा न.७ अन्तर्गत पर्दछ।

धम्पुस गाउँ नेपालको एक विश्व प्रख्यात पर्यटकीय स्थलमा पर्दछ। धम्पुस गाउँ पोखरा देखि २५ किलोमिटरको दुरीमा अवस्थित रहेको छ I यहाँ पुग्न पोखराको हरिचोकबाट सिम्पानी ,याम्दी ,हेम्जा ,सुइखेत, घट्टेखोला हुदै १ घण्टाको समय अवधिमा सवारी साधनमार्फत पुग्न सकिन्छ साथै पैदल मार्गको लागि बाग्लुंग लोक मार्गको फेदी हुदै १ घण्टाको समय अवधिमा धम्पुसको डाडामा पुग्न सकिन्छ ।

यस गाउँमा ६०० घर धुरी रहेको छ। यहाँको कुल जनसंख्या ४५०० जना रहेको छ। गुरुङ्ग ,बाहुन, क्षेत्री, दलित , मगर आदि जातिहरु यहाँ बसोवास गर्दछन् ।यस धम्पुस गाउँबाट वास्तबमै माछापुछ्रे हिमाललाई माछाको पुछरको स्वरुपमा देख्न सकिन्छ।

धम्पुसबाट माछापुच्छ्रे,अन्नपुर्ण ,धौलागिरी ,लम्जुङ्ग लगायतका हिमालहरुका अति सुन्दर र मनमोहक दृश्यहरु देख्न सकिन्छ। यस गाउँका बनजंगलमा विभिन्न प्रजातिका जीव जन्तु बोट बिरुवा बनस्पतिहरु पाइदछ।

धम्पुस गाउँ हुदै बिश्व प्रख्यात पर्यटकीय स्थलहरु जस्तै मर्दी हिमाल ,अन्नपुर्ण बेस क्याम्प,लान्द्रुक ,घान्द्रुक ,छोम्रोङ्ग ,घोरेपानी पुनहिल आदि ठाउँहरुमा पनि पुग्न सकिन्छ।

यस गाउँमा पर्यटकको आथित्य सत्कारका लागि विभिन्न स्तरका होटेल ,रिस्सोर्ट ,रेस्तुरेन्त, होम स्टे आदिका सेवा सुविधाहरु पनि पर्याप्त मात्रमा उपलब्ध छन् ।

धम्पुसको नि : शुल्क वेबसाईट ( Website ) सम्बन्धी जानकारी I

यस वेबसाईटमा तपाईहरुका सेवा, व्यवसाय, कृषी उप्तादन तथा हस्तकला आदिका जानकारी साथै सम्पर्क नं ,फोटो आदिहरू वेबसाईटमा राख्न सकिन्छ तसर्थ इच्छुक व्यक्ति,उत्पादक तथा व्यवसाईहरुले कृपया सम्पर्क गर्नु होला I

विशेष गरि यस वेबसाईटमा धम्पूस सम्बन्धी सम्पूर्ण जानकारीहरू तथा फोटो ,भिडियो आदि राख्न सकिने छ I त्यसै गरि धम्पुसमा भएका र समग्र धम्पुसेका समसामाहिक घटनाक्रमहरु, गतिविधिहरु साथै लेख रचना आदि सम्प्रेषण गर्न सकिने छ I

सम्पर्क नं : 9846906588

विकासका निम्ति सूचना प्रविधि I 

धन्यवाद I

 

Scroll to Top