मन्त्री ढकालसहित भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही गर्न समाजवादी नेताको माग

http://www.dhampus.org/

April 4, 2020

पाेखरा । समाजवादी पार्टीका केन्द्रीय सदस्य गणेशमान गुरुङले कोरोनाभाइरसले देशमा गम्भीर संकट उत्पन्न गराएको बेला पनि चीनबाट मेडिकल सामग्री खरिद गर्दा भ्रष्टाचार गर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

उनले दोषी मन्त्रीलाई राजीनामा दिन लगाएर मात्र उन्मुक्ति दिन नहुने बताएका छन् । समाजवादी पार्टी गण्डकी प्रदेशका इन्चार्ज समेत रहेका गुरुङले १७ बुँदे विज्ञप्ति निकालेर सरकारसँग उक्त माग गरेका हुन् ।

उनले भ्रष्टाचारको विरोधमा चौतर्फी दबाबपछि सरकारले ओम्नी कर्पोरेट इन्टरनेशनलसँग ठेक्का सम्झौता रद्द गरेर मात्र नपुग्ने बरु नियम अनुसार कारबाही र क्षतिपूर्ति असुल गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले मेडिकल सामग्री खरिद कार्य गर्न नेपाली सेनालाई दिन नहुने बताएका छन् । यसैगरी उनले नेपाल प्रवेश गर्न नपाएका सीमा क्षेत्रका अलपत्र परेका नेपालीहरुलाई तुरुन्तै प्रवेश गराउनुपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तिः

कोरोनाभाइरस (कोभिड-१९) विश्व मानवजगतका लागि प्राणघातक करुणा भाइरल बनेर आयो । पछिल्लो तथ्यांक अनुसार करिब 11 लाख संक्रमित र 59 हजार भन्दा बढीको कोरोनाले ज्यान लिइसकेको छ । कोरोनाबाट मृत्यु भएकाहरुमा भावपूर्ण श्रद्धाञ्जली, संक्रमितहरु शीघ्र पुर्ण स्वास्थ्य लाभको कामना र अब कोही कसै कोरोना भाइरसकाे संक्रमणमा नपरौं । बचौं, बचाऔं, सचेत र सर्तक बनौं ।

चीनको वुहानमा जनवरी १०, २०२० मा पहिलो संक्रमित भेटिएको कोरोनाले विश्वमा महामारी फैलाएको छ । जसले नेपाललाई पनि छाेडेन । हालसम्ममा ६ जना संक्रिमत भेटिएकाछन् । कोरोनाको महामारीको कारण चैत ११ गतेदेखि नेपाल लकडाउन छ। जनतालाई घर घरमा बस्नका लागि सरकारको आव्हान छ । घरमै बसेर कोरोनासँग जनता सर्तक बनिरहेकाछन् । तर, कोरोनाको कहरभित्र सरकारका मन्त्रीहरुसँगै जोडिएर कमिशन र भ्रष्टचारको चर्चा हुनु महाअपराध ठानेको छु । त्यसैले तिन तहको सरकारसँगलाई सुझावसहित निम्न मागहरु प्रस्तुत गर्दछु ।

१. संकटको अवस्थामा चीनबाट कोरोनाभाइरसविरुद्ध आवाश्यक स्वास्थ्य सामग्री ल्याउने क्रममा कमिशनको लालच, भ्रष्टचारको प्रपञ्च गर्ने र कमसल सामग्री ल्याउने सम्बन्धित मन्त्रीदेखि संलग्न सबैलाई कडा कानुनी कारवाही गर । दोषी मन्त्रीलाई राजनीनामा दिएर उन्मुक्ति दिन पाइँदैन, कडा कारवाही गर ।

२. भ्रष्टचारको उजुरी परेपछि सम्झौता भन्दा फरक अर्थात कमसल सामग्री पठाएको भन्दै ओम्नी समुहसँगको सम्झौता रद्द गरेर मात्र हुँदैन, नियमानुसार कारवाही र क्षतिपूर्ति असुल उपर गर ।

३. स्वास्थ्य सामग्री आपुर्तिका लागि सेनालाई जिम्मा दिन खोज्ने निकम्मा सरकार, सरकार चलाउन सक्दैनौ भने सत्ता हस्तान्तरण गर ।

४. मुलुक लकडाउन छ, सिमामा नेपालीहरु स्वदेश फर्कन नपाएर छलपटिइरहेका छन् । तुरुन्त नेपाल ल्याई परिक्षण गरी आवाश्यक परे क्वारेन्टाउनमा राख ।

५. कोरोना भाईरसका संक्रमितहरुसँगै यात्रा, भेटघाट गरेकाहरुलाई पहिचान गरी परिक्षणका साथै क्वारेन्टाइनमा राख।

६. अहिले प्रदेशका राजधानीहरुमा कोरोना परिक्षणका लागि केन्द्रहरु शुरु गरिएको छ । उक्त केन्द्रहरुलाई व्यवस्थित र सुविधा सम्पन्न गराउन। केन्द्रहरुबाट संभावितहरुको धेरै धेरै परिक्षण गराउ । साथै, परिक्षणका केन्द्र हरेक स्थानिय तहमा पुर्याउ ।

७. संक्रमित मुलुकहरुबाट पछिल्लो अवधि नेपाल आउनुभएकाहरुले परिक्षणका लागि आफै केन्द्रमा उपस्थित हुन अनुरोध गर्दछु । यदि उपस्थित नभएकाहरुलाई सरकारले खोजी गरी अनिवार्य परिक्षण गराउ ।

८.भाइरलको रोकथाममा जोड दिनुपर्ने विभिन्न तहका सरकारहरु विपन्न वर्गको राहतका लागि नामावली संकलन, वितरणको नाउमा लकडाउन उल्र्लघन मात्रै होइन संक्रमण नै हुने गरी आतंक मच्चाएको छ तुरुन्त बन्द गर। राहत दिनै पर्नेलाई मात्र राहत देउ, राहत वितरणको नाउमा कोष खर्चेर राजनीतिक नगर।

९. लकडाउनको बखत ज्वरो र रुघाखोकी परिक्षणका लागि घरदैलो अभियानका साथै सचेतना अभियान गराउदै जनताको मनोबल अभिवृद्धि गराउ ।

१०. चिकित्सक, स्वास्थ्यकर्मीहरु र अस्पतालहरुलाई व्यवस्थित गराउँदै स्वास्थ्य परिक्षण र उपचार सहज बनाउ। संकटको बेला आफ्नो दायित्वबाट भाग्दै असहयोग गर्नेहरुलाई कारवाही दायरामा ल्याउ।

११. अहिले जनतालाई स्वास्थ्य राहत आवाश्यक छ, कोरोना भाइरसमुक्त हुनु पहिलो प्राथमिकता ठानेका छन् । त्यसैले भाइरल रोकथामका लागि आवाश्यक सामग्रीहरु व्यवस्था र वितरण गर ।

१२. महामारीविरुद्ध तहगत रुपमा सर्वपक्षीय संयन्त्र गठन गर, प्राथमिकता निर्धारण गरी कार्यक्रम तय गर्दै पारदर्शिता र सुशासनको प्रत्याभुति गराउ।

१३. सामाजिक–आर्थिक विवरणात्मक तथ्यांक संकलन गर, गराउ।

१४. आपुर्ति व्यवस्था सहज गराउ, कालो बजारी गर्नेलाई कडा कारवाही गर।

१५. लकडाउन अवधिभर घरभाडा, बैंक व्याज, विधुत महसुल, खानेपानी महसुल, टेलिफोन इन्टरनेट महसुल मिनाहा गर, गराउ।

१६. लकडाउनका बखत पनि सयौंको संख्यामा पास उपलब्ध गराउँदै आवातजावतलाई खुल्ला गरी संक्रमण हुनसक्ने भएकाले पास प्राप्त गरेकाहरुलाई तत्काल स्वास्थ्य परिक्षण गराउ ।

१७. कोरोना रोकथाम कोषका लागि सरकारहरुले अपिल पनि गरिरहेकाछन्, महामारीको अवस्थामा यसवर्ष बजेट खर्च हुने संभावना नभएकाले बजेटको शिर्षक रकमान्तर गरेर कोरोना रोकथामका लागि व्यवस्था गर र

जय तमुवान । जय मातृभूमि ।
गणेशमान गुरुङ
केन्द्रीय सदस्य तथा प्रदेश इञ्चार्ज
समाजवादी पार्टी ।

श्रोत : सार्वजनिक डटकम 


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top