रचना: बिष्णु गुरुङ “एकता” पोखरा
तिम्रो र मेरो प्रेम ❤️?
म हरेक विहान तिमीलाई भेट्न आउछु
तिम्रो निस्वार्थिपनसँग माया गास्छु
तिम्रो निस्चालतासँग कुरा गर्छु
मनभरिको बेदना पनि तिमीलाई नै सुनाउछु
तिमीले दिएको स्वस्छ अक्सिजन
पेटभरी लिन्छु
तिम्रो सुन्दरतालाई नियाँलि राख्छु
तिम्रो धैर्यता देखेर आफुलाई शान्त गर्छु
तिम्रो अदृस्य रंगसँग मजा लिन्छु
तर,माँछेले तिम्रो निर्मलताको
फाईदा मात्र लिईरहेको र
तिमीमाथि अन्याय गरेको
म हेरिरहन्छु
देखेर पनि नदेखे झैँ गर्छु
किनकी म परे स्वार्थि मानिस
तिमीले जस्तो त्याग दिन सक्दिन
सधै आफ्नै लागि बाँच्ने
आफैलाई कहिल्यै नपुग्ने
सबै कुरा आफैलाई मात्र चाहिने
फेरी पनि कहिले कहिँ
तिमीले देखाएको बाटो
हिड्न मन लाग्छ
सबै त्यागेर आफैमा अनन्त हुन मन लाग्छ
हेर्छु तिमीलाई
फेरीभेटने वाचा गर्दै म आफ्नै बाटो लाग्छू।
********
फेरी साँझपख
मन तलतल हुंछ
तिमीले मलाई पर्खिरहे जस्तो लाग्छ
त्यसैले तिमीलाई भेट्न फेरी आउछु
म आईपुग्दा तिमि कहिले
सूर्यास्तको किरणसँगै चम्किरहको देख्छु
कहिले बादलसँग लुकामारी गरिरहेको देख्छु
त्यो हेरेर स्वार्थि मनहरु रमाईरहेका हुन्छन्
जब गोधुली साँझसँगै तिमि विस्तारै अधेरिमा चम्किञ्छौ
बैज्ञानिक चमत्कारको
झिलिमिली लाईटहरुको प्रदर्शनीसँगै
तिमि पनि व्यस्त भैरहेकी हुन्छ्यौ
तिम्रो त्यो बहुरुपी सौदर्यताको आनन्द
सबैले लिईरहेका हुन्छन्
मैले पनि …. !
*****
म धित ममरुन्जेल तिमीलाई हेरिरहन्छु
स्तब्भ हुन्छु तिम्रो शालीनता देखेर
अपनत्व लाग्छ तिम्रो निस्वार्थतासँग
ईर्ष्या जाग्छ तिम्रो स्वछन्ततामा
फेरी म निर्लज्जतापुर्वक तिम्रो
फाईदा लीइरहेकी हुन्छ
तिमि कति धन्य छौ
अन्याय सहेर पनि मुस्कुराई रहन्छौ
म सबथोक पाएर पनि दुखि हुन्छु
हामी दुईमा आकाश धर्तिको फरक छ
फेरी पनि तिम्रो र मेरो प्रेम
यत्ति गाढा छ सत्य यही होकि
तिमि निस्वार्थ प्रकृति हौ
दिन मात्र जानेकी छौ
म स्वार्थि मानिस हुँ
लिन मात्र जानेका छू।
श्रोत : Bishnu Gurung Ekata को फेसबुक वाल
