तिमी समय जितेको मान्छे हौ विध्वंस युद्ध जितेको मान्छे हौ

http://www.dhampus.org/

रचना : Roshni Gurung

तिमी समय जितेको मान्छे हौ
विध्वंस युद्ध जितेको मान्छे हौ
यो महामारी के हो र तिम्रो लागि ?
तिमी आफूलाई जितेको मान्छे हौ

मलाई विश्वास छ तिमीप्रति

तिमीलाई विश्वास छ आफैप्रति
समयको चक्रसँगै आउने
मान्छेको जीवनका
सुख दुःखका चक्रहरु
कहिले उल्टो घुम्छन्
त कहिले सुल्टो घुम्छन्

फेरि पनि मलाई विश्वास छ
तिमी यी चक्रहरुसँग आफै जेलिएर
फनफनी घुम्ने छैनौ

किनकि
तिमी जिन्दगी जितेको मान्छे हौ

साहुको ऋणलाई
परिश्रमले जितेको मान्छे हौ
छोराछोरीको भोको पेटलाई
आफ्नो आधा पेटले जितेको मान्छे हौ

अनि
श्रीमतीको आँसुलाई आफ्नो
मेहेनतको पसिनाले जितेको मान्छे हौ

तिमी जितेर पनि हारेको मान्छे हौ
र हारेर पनि जितेको मान्छे हौ

त्यसैले तिमीले जिउन जानेका छौ
दुःखको घाउ सिउन जानेका छौ
आफनो भाग्य आफै कोर्न जानेका छौ

श्रोत : Roshni Gurung को फेसबुक वाल


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top