लकडाउनको सहि सदुपयोग पोखरेल द्वारा ठाटी निर्माण

http://www.dhampus.org

दिपक गुरुङ, स्याउली बजार, लम्जुङ

मध्य नेपाल नगरपालिका, वार्ड नं – ७, पैरावन निवासी वावा स्वोर्गिया श्री ओम प्रसाद पोखरेल र आमा श्री रोमा पोखरेलका छोरा श्री अम्बिका प्रसाद पोखरेल एक समाजसेवी हुनुहुन्छ। विश्व ब्यापी रुपमा फैलिएको महामारी रोग कोभिड १९ अर्थात कोरोना कहर द्वारा नेपाल अधिराज्य पनि अछुतो रहन सकेन। सोहि क्रममा नेपाल सरकारले पनि लकडाउनको अवधारणा अपनाएर आफ्नो देशका नागरिकहरुलाइ सुरक्षित राख्ने जमर्को सहित लकडाउन घोषणा गर्यो।

यसै क्रममा अम्बिका प्रसाद पोखरेलका आमा द्वारा मिति २०७३ साल जेठ महिनामा ईशानेश्वोर र करापु क्षेत्रमा ठ्लो हावा हुरि र मेघ गर्जन सहित मुसलधारे असिना पानी द्वारा सवै ठाडो खोलाहरुमा एक्कासि धेरै गाइवस्तुहरु र केहि ब्यक्तिहरु पनि बगाएकोले धेरै धनजनको क्षति भएको साथै गाइ वस्तुहरु चराउन गएका ब्यक्तिहरु लाइ कतैपनि पानी वाट ओत लाग्ने ठाउँ नभएकोले आपत विपतमा बस्नको निम्ति उपयोग गर्नको निम्ति देउरालि खोलाको मुख स्थित मालिका देवि थान भएको सानो डाडामा आफ्नो स्वोर्गिया पति श्री ओम प्रसाद पोखरेल को स्मृतिमा एउटा ठाटी बनाउने एक दृढ इक्षा जाहेर गर्नु भएकिले यहि लकडाउनको फुर्सदिलो समयको सहि सदुपयोग गरि निजका छोराले आफ्नो श्रीमति श्री शोभा पोखरेल, छोरा श्री प्रशान्त पोखरेल, वहिनि श्री तिर्थ देवि पोखरेल साथै गाउका केहि युवा पिढिको सहयोगमा चिटिक्क परेको ठाटी निर्माण गरि सामाजिक सेवामा आफ्नो अग्रसर भुमिका निर्वाह गर्नु भएको छ।

अम्बिका प्रसाद पोखरेल द्वारा मध्य नेपाल नगरपालिका स्थित भोर्लेटारमा व्यवसायको रुपमा भने विगत केहि वर्ष देखि नै किराना पसल चलाउदै आउनु भएको छ। आफ्नो व्यवसायको साथ साथै उहाले घरमा कृषि पेशा लाइ पनि अगाल्नु भएको छ। आफ्नो खेत तथा घरवारिमा विभिन्न अन्न वालि, तरकारि खेति, वाख्रा तथा भैसि पालन गरि आफ्नो कृषि पेशा लाइ पनि निरन्तरता दिदै आउनु भएको छ। लकडाउनमा भने किराना पसलमा समय धेरै व्यतित गर्नु नपरेकोले यहि मौकामा ठाटी निर्माण गरि आमाको सपना साकर पारिदिनु भएको हो। सो ठाटी निर्माण पस्चात ठाटीको नाम मालिका देवि ठाटी राखिदिनु भएको छ।

नेपाल एक विविध रहन सहन, मौलिक संस्कृति, रिति रिवाज र धार्मिक विश्वास ले भरिपुर्ण भएको देश हो। ठाटी र चौतारा निर्माण जस्ता चिजहरुले एउटा छुटै महत्वपुर्ण विशेषता वोकेको परिबेशमा हाल आएर ठाटी निर्माण गर्ने कार्यहरु लोप हुदै गएकोमा अवको भावि सन्तति र युवा पिढिहरुले पनि यस्को सिको र महत्वको आभाष दिलाउन साथै विभिन्न व्यक्ति हरुले शितलता ताप्न, आपत विपतमा आस्रय लिन भनि यस ठाटीको निर्माण भएको साथै आमाको सपनालाई सामाजिक हितको रुपमा विकास गर्न पाउदा आफुलाई निक्कै खुशि लागेको र ठाटीमा एकै छिन भने पनि आरम गर्ने जो कोहिले अवस्य पनि आशिष दिनु हुनेछ भन्ने आशा रहेको जानकारि पनि दिनु भयो। सो मालिका देवि ठाटी निर्माण लागत भने नगद रु एक लाख चार हजार मात्र रहेको छ।


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top