संसदीय समितिको निष्कर्ष : रुकुम घटना जातीय भेदभावका कारण

http://www.dhampus.org/

२०७७ असार ३० मंगलबार

काठमाडौं । प्रतिनिधिसभाको संसदीय छानबिन समितिले पश्चिम रुकुमको चौरजहारी हत्याकाण्ड जातीय भेदभाव र छुवाछुतका कारण भएको निष्कर्ष निकालेको छ । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा गठित छानविन समितिले जातीय भेदभाव र छुवाछुतका कारण चौरजहारी हत्याकाण्ड भएको निष्कर्ष निकाल्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

बाह्रखरीलाई प्राप्त प्रतिवेदनको निष्कर्षमा लेखिएको छ, “रुकुम पश्चिम सोतीमा मिति २०७७ जेठ १० गते घटित यस दुःखदपूर्ण घटनाको जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ रानागाउँका बर्ष २१ को नवराज विक पश्चिम जिल्ला चौरजहारी न.पा. वडा नं. ८ सोतीकी बर्ष १७ कि सुष्मा मल्लबीचको अन्तरजातीय भएकोले केटीका अभिभावक र आफन्तहरूले केटा कथित तल्लो जातको भएका कारण अस्वीकार गरेको तसर्थ यो घटना जातीय भेदभाव तथा छुवाछूतको कारणले भएको पाइयो ।” 

प्रतिवेदनमा आक्रमणको नेतृत्व वडाध्यक्षले गरेको र घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो देखिएको समितिले उल्लेख गरेको छ । संसदीय छानविन समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले प्रहरीबाट घटनाको फितलो छानविन गरिएको, दशीप्रमाणहरु पर्याप्त रुपमा संकलन नगरेको फेला परेको प्रतिक्रिया दिए । 

अन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएका थिए । तर युवती पक्षको आक्रमणबाट नवराजसहित ६ जनाको मृत्यु भएको थियो । 

उक्त घटनाको छानविन गर्न  जेठ २६ गते प्रतिनिधिसभा बैठकले सांसद पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेको थियो । 

 श्रोत : बाह्रखरी डटकम


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top