पोखरा, ७ साउन
सम्राट गुरुङ
ल्वाङ गाउँको अभिभावक संस्था ल्होगो (ल्वाङ) तमु सेवा समितिद्वरा ल्वाङ गाउँको विपन्न ५० घरधुरीलाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ। ल्वाङ सामुदायिक भवनमा अायोजित सो कार्यक्रममा हरेक पिडितलाई २५ केजीको एक बोरा चामल, १ लिटर तेल, १ केजी चिनी, १ केजी दाल र साबुन वितरण गरिएको थियो।
सो राहत कार्यक्रम सफल बनाउनलाई श्रीमान श्रीमती देउसुवा गुरुङ, मस्यैकुकोट आमा समुह, ग्रिन हिल युवा क्लब, श्रीमान श्रीमती क्या.अजिमान गुरुङ, लक्ष्मी गुरुङ, बेलसुबा गुरुङ र गोरी गुरुङले समेत सहयोग गरेको थियो।
सोही कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रका कार्यसमितिले ल्वाङ, कोलेली र खोरामुखबासीहरुलाई कोरोना प्रतिरोधात्मक शक्ति बढाउने होमियोप्याथिक औषधी पनि वितरण गरिएको थियो। सो राहत कार्यक्रम सेवा समितिका अध्यक्ष हितकाजी गुरुङको अध्यक्ष्तामामा सम्पन्न भईको थियो भने स्वागत मन्तव्य समितिका उपाध्यक्ष कामना गुरुङ`भक्त´ र संचालन सचिव कमल गुरुङले गर्नु भएको थियो।
श्रोत : Lwang Homestay को फेसबुक वाल






















