अबको नेपालको पर्यटन I कृषिमा आधारित पर्यटन !

http://www.dhampus.org

सन्तोष गुरुङ्ग, पोखरा I

नेपाल देश हिमाल पहाड तराई भएको अति सुन्दर देश हो I तराईमा समथर फराकिलो फाटहरु छन् भने पहाडमा सुन्दर हरियाली डाँडाकाँडा रहेका छन् I त्यस्तै हिमालमा सेता चाँदी जस्ता हिउँ नै हिउँले भरिएका हिमाल छन् I नेपालमा वि.स २०४६/४७ सालको प्रजातन्त्र आगमन पश्च्यात देखि लिएर आज को मिति २०७६/७७ साल सम्मको संगीय लोकतान्त्रिक गणतन्त्रात्मक युग सम्म आई पुग्दा पर्यटन व्यवसायमा विभिन्न समयमा पटक पटक विभिन्न कारणले यो व्यवसायले धेरै नै क्षति ब्योहर्न परेको हामी सबैलाई सर्ब बितिकै छ I

पर्यटन व्यवसाय अति संबेदनशील व्यवसाय हो यस्मा सानो सानो कारण ले पनि धेरै नै क्षति गर्दछ Iनेपालले पर्यटनमा २०४६/४७ सालको प्रजातन्त्र आगमन पश्च्यात आजको मिति सम्म प्रत्यक्ष रुपमा चार पटक धेरै नै क्षति ब्योहर्न परेको देखिन्छ I पहिलो माओवादी १० वर्षे सशस्त्र दन्दकाल – १० बर्षे सशस्त्र माओवादी दन्दको समय देशमा लामो समय दन्द भई रहेकोले पर्यटन पेशा नराम्रो सँग धरासाही भयो र धेरै व्यवसायी पलायन हुनु पर्ने बाध्यता सृजना भयो I

देशले पर्यटन बाट आर्जन गर्न सक्ने धेरै बिदेशी मुद्र पनि गुमाउनु परयो I दोस्रो नाकाबन्दी – नेपाल भुपरिबेस्तिक देश भएको कारणले बढी मात्रमा छिमेकी देशहरु सँग परनिर्भर हुनु पर्ने बाध्यता रही आएको हामी सबैलाई थाहै भएको कुरा हो I जब दोस्रो संविधानको लेखन कार्य हुँदै गर्दा इंडियाले आफुले भने बमोजिमको संबिधान आयन भनेर तत् पश्चात् मदेश आन्दोलनको नाममा नाका बन्दि लगायो त्यसैले नेपालमा इन्धनको अभाब लगायत अन्य आपूर्ति बन्द प्राय नै भयो I

त्यस्तै अन्य दैनिक उपभोग्य सामानको अभाव भयो त्यसैले गर्दा यातायात देखि लियर ग्यास सिलिन्डर थप्प हुन गयो I जसले गर्दा पर्यटन व्यवसाय थप्प प्राय नै भयो I जसको प्रत्यक्ष क्षति पर्यटन व्यवसायमा हुन गयो साथै त्यस सँग सम्बन्धित अन्य व्यवसाय लाई पनि हानी हुन गयो I तेस्रो भुकम्प -नेपाल देश नै भूकम्पीय दृष्टिकोणले धेरै जोखिम भएको देश मानिन्छ I वि.स १९९० साल पछिको ठुलो भुकम्प वि.स २०७२ सालमा आयो जसले गर्दा राज्यले धेरै नै धनजनको क्षति व्योहर्न पर्यो ,यो क्षति बाट पर्यटन क्षेत्र पनि अछुतो रहन सकेन I

चौथो Corona virus,Covid-19,भुकम्प पछि बिस्तारै तन्ग्रिदै गरेको पर्यटन व्यवसाय ,दुर्भाग्य बस चिनको वुहान बाट सुरु भएको Covid-19,ले संसार लाई नै थप्प बनाउने गरि महामारीको रुप लियो जसले गर्दा अहिले मानिस एक ठाउँ बाट अर्को ठाउँ आवत -जावत गर्न पनि नसक्ने अवस्था भएको छ I यो Covid-19,ले त यी अगाडिका तिन कारणले भन्दा पनि धेरै नै क्षति गर्यो र अझ लामो समय क्षति गर्ने देखिन्छ I

देशमा भरखर संस्थागत हुँदै गरेको संघिय गणतन्त्रत्रतात्मक देशको राजनीतिक स्थिरिता देखेर व्यावसाहीहरुले अबको समय सुनौलो देखेर धेरै नै लगानी गरि रहेका थिए I देशमा ठुला ठुला राष्ट्रिय, अन्तरास्ट्रिय स्तरका hotel,resort ,restaurant,club,home stay इत्यादीहरु खुलेका थीए र अझ खुल्ने क्रममा थिए I नेपालमा बिदेशी मुद्र आर्जन गर्ने स्रोत मध्यमा मुख्य रुपमा बैदेशिक रोजगारी पछि पर्यटन लाई लिइन्छ I

बैदेशिक रोजगारी बाट आर्जन अस्थायी खालको हुन्छ भने पर्यटन बाटको आर्जन स्थायी खालको हुन्छ I यस क्षेत्रलाई बैंकहरुले पनि प्राथमिकता साथ राखेर धेरै नै लगानी गरेका थिए I जब Covid-19, ले महामारीको रुपमा संसार नै थप्प भए पछि पर्यटन क्षेत्र तहस -नहस जस्तो नै भएको छ I त्यसैले नेपाल जस्तो देशले पर्यटन व्यवसायको ढाँचा लाई केहि परिवर्तीत रुपले बिकाश गराउनु पर्ने देखिन्छ I

जुन कुनै कारण बस पर्यटनमा आन्तरीक वा बाह्य कुनै कारणले समस्या आएपनि पूर्ण रुपले क्षति नहोस् I यस प्रकारको model (ढाँच )नेपालले अपनाउनु पर्दछI अबको model (ढाँच )देश अनुसारको भेष भने जस्तो देश सुहाउदो model (ढाँच )अपनाउनु पर्दछ I त्यसैले अबको पर्यटन model(ढाँच )भनेको कृषिमा आधारित agro tourism model मा जानु पर्दछ I जसको फाइदा निम्न अनुसार छन् I

१ .पर्यटन थप्प भए पनि दुई छाक खानको लागि घर चुल्हो बल्ने I

२.देश लाई कृषिमा आत्मनिर्भर हुनमा मद्धत गर्ने I

३.अर्गानिक खेतीको बिकाश हुने I

४.जमिन बाजो हुन बाट जोगिने I

५.देशको जुन सुकै भु -भाग हिमाल ,पहाड तराई मा गर्न सकिने I

६.ग्रामिण पर्यटनको बिकास हुने I

७.कृषक लाई कृषि सँग सँगै पर्यटनले थप टेवा पुग्ने I

८.कृषक लाई प्रत्यक्ष लाभ हुने I

९.बिदेशियका युवाहरुको लागि देशमा नै रोजगारीको सृजना हुने I

Agro Tourism लाई हामीले अन्नबाली ,सागसब्जी फलाउनेको आधारमा मात्रको रुपमा बुझ्नु हुन्न यो व्यवसाय विभिन्न उत्पादनको आधारमा गर्न सकिन्छ I जस्तो उदारणको रुपमा निम्न प्रकार छन् I

१. माछा फार्म -नेपालमा प्रसस्त मात्रामा खोला ,नाला ,ताल ,तलैया भएका कारणले जहाँ तही पनि त्यसलाई उपयोग गरेर माछा उत्पादन फार्म संचालन गर्न सकिन्छ I माछा उत्पादन सँग सँगै त्यसैमा hotel,resort,restaurant,fun park इत्यादी संचालन गर्न सकिन्छ I

उदाहरणको रुपमा हामी सबैमा चिरपरिचित Gandaki rainbow trout farm लाई लिन सकिन्छ जहाँ माछा उत्पादन सँग सँगै resort र restaurant,swimming pool इत्यादी पर्यटन व्यवसायका कार्यहरु संचालन गरिएका छन् I

२.तरकारी ,फलफुल farm -छिमेकी देशहरु बाट वर्षमा अर्बौउ खर्बौउका तरकारी ,फलफुल आयात गरिदै आइएको हामी सबै लाई सर्बबितिकै जानकारी भएकै कुरा हो I त्यसलाई विस्तापित गर्न हम्रो आफ्नै देशमा प्रशस्त मात्रामा तरकारी ,फलफुल उत्पादन गर्न सकेमा हाम्रो आफ्नो मुद्रा बिदेशिन बाट रोक्न सकिन्छ I त्यस सँग सँगै बिदेशी मुद्रा नेपालमा भित्राउन पनि सकिन्छ I

जस्तो farm सँगै हामीले home stay,hotel, resort इत्यादी खोल्न सकिन्छ र पर्यटक लाई आफ्नै खेतबारीको ताजा तरकारी फलफुल खुवाएर पर्यटक लाई आथित्य सत्कार गर्न सकिन्छI यसरि पर्यटन व्यवसायको प्रवर्दन गर्न सकिन्छ I

३.कुखुरा farm -कुखुरा farm का कृषकले बजारमा बिचौलियाका कारण हुर्कि सकेका उत्पादन बजारमा बेच बिखन गर्न नसकेको र भने जति मुल्य नपाएको अवस्था रही आएको छ I यदि यो Farm सँगै कुनै एउटा BBQ restaurant वा एस्तै कुनै प्रकारको restaurant इत्यादी खोल्न सकियो भने त्यसले आफ्नो उत्पादनको खपत पनि हुने र थप पर्यटन प्रवर्धन बाट आय आर्जन पनि गर्न सकिन्छ I

४ भेडा ,बाख्रा पालन -भेडा बाख्रा प्राय भेडा हरु हिमालको नजिक पालिने भएकोले यसलाई पनि पशुको उत्पादन सँग सँगै पर्यटन व्यवसाय पनि गर्न सकिन्छ I जस्तो यसलाई एक प्रकार को package को रुपमा साहसिक पर्यटनको निम्ती पनि प्रवर्धन गर्न सकिन्छ I हामी सँग भएका डाँडा काँडा ,बन जंगल ,खोला नाला ,हिमाल इत्यादिको दृश्य अबलोकन गराउदै भेडी गोठमा पर्यटकका निम्ति खाना बस्नको व्यवस्ता सँगै उनीहरुलाई भेडी गोठालोको त्यो सुन्दर कस्टकर जीवनको अवलोकन सँगै अनुभूति दिलाउन सकिन्छ साथै पर्यटन व्यवसायको प्रवर्दन पनि गर्न सकिन्छ I

५.गाई ,भैसी farm -व्यवस्थित बिकसित खालको farm को निर्माण र त्यसैबाट आफ्नो उत्पादन को बिक्रि वितरण गर्दै ,त्यसैमा पर्यटक लाई लक्षित गरि hotel,resort,restaurant,home stay अबलोकन केन्द्र इत्यादी खोल्न सकिन्छ I जहाँ पर्यटक लाई आफ्नो उत्पादन खुवाउदै कृषक जिबनको अबलोकन र अनुभुति दिलाउन सकिन्छ I

साथै यसलाई अवलोकन अनुसन्धान केन्द्रको रुपमा पनि विकास गराउन सकिन्छ I त्यसैले नेपाल जस्तो भुपरिवेस्तिक देशले विशुद्ध पर्यटक लाई मात्र लक्षित गरेर खोलेका hotel,resort,restaurant,club,home stay इत्यादी कुनै कारणले पर्यटक आगमन थप्प भयो भने त्यस्ता hotel,resort,restaurant ले न कुनै उत्पादन गर्न नै सक्दछ I

मात्र भौतिक संरचना मात्र रहन्छ I न त्यसले खान लगाउनै दिन्छ I यस्तो अवस्थामा कर्मचारी लाई तलब भत्ता दिन पनि सकिदैन I bank को loan पनि तिर्न सकिदैन I आफैलाई खाना लाउन धौ धौ को अवस्था हुन्छ I त्यसैले केहि नभय पनि यस्तो संकटको बेला कृषिमा आधारित पर्यटन पेशा गरियो भने दुइ छाक आफुले खाएर अरु लाइ पनि खुलाउन सकिन्छ I

यो नै संकटको बेला ठूलो उपलब्धी हुन आउछ I त्यसको लागि हाम्रो जस्तो देशले कृषिमा आधारित पर्यटन (Agro Tourism)व्यवसाय अपनाउनु नै उपुक्त देखिन्छ I यसलाई नै प्राथमिकता दिनु पर्दछ I

अबको नेपालको पर्यटन भनेको agro tourism model मा नै जानु पर्दछ र यसमा नै आत्मनिर्भरता र भविष्य छ I


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top