-दिपक गुरुङ (पोखरा)
हिजो सम्म गाडीको स्टेरिंग दायाँ बायाँ घुमाउदा घुमाउदै, कति घुम्ती छिचोल्दै कयौं साहुको भारीहरु जतन संग बुझाउदा बुझाउदै, आफ्नै जिन्दगीको गाडी भने फसेको पत्तै भएनछ भाइ पूर्ण सिहं गुरुङ लाइ, हो मैले यसै गरि चिन्ने मौका पाएको थिए निज मध्य नेपाल नगरपालिका वडा नम्बर ७, लम्जुङ्ग मा बस्ने पूर्ण भाइलाइ, एकदम मिजासिलो र गाह्रो नमानीकन काम गर्ने भाइ अहिले आफुलाई लागेको क्यान्सर रोग बाट पिडित भै उपचारको निम्ति बि. पी. मेमोरियल क्यान्सर हस्पिटल मा हुनुहुन्छ।
पारिवारिक तथा आर्थिक अवस्था अत्यन्त नाजुक भएको कारणले तपाई हाम्रो सानो सानो सहयोग द्वारापनि उहाँको जिन्दगीमा केहि मद्दत अवस्य पुग्ने हुदा पूर्ण सिहं गुरुङ भाइको सिघ्र स्वास्थ्य लाभको कामना सहित उहाँको क्यान्सर रोग उपचारको निम्ति केहि रकम उठाई एक्मुस्ट रकम हस्तान्तरण गर्ने सोच मैले यहाँहरु समक्ष राख्दै छु, यस कार्यमा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन साथै यस पोस्ट लाइ सेयर गरिदिन हुनु पनि बिनम्र अनुरोध गर्दछु।
श्रोत : Deepak Gurung को फेसबुक

