आफ्नै जिन्दगीको गाडी भने फसेको पत्तै भएनछ भाइ पूर्ण सिहं गुरुङ लाइ।

http://www.dhampus.org/

-दिपक गुरुङ (पोखरा)

“विभिन्न साहुहरुको गाडीको स्टेरिंग दायाँ बायाँ घुमाउदा घुमाउदै, कति घुम्ती छिचोल्दै कयौं साहुको भारीहरु जतन संग बुझाउदा बुझाउदै, आफ्नै जिन्दगीको गाडी भने फसेको पत्तै भएनछ भाइ पूर्ण सिहं गुरुङ लाइ।” दिपक दाइ हजुरले लेख्नु भएको यो शब्दहरु पढेर म धेरै बेर रोए नि त्यो रात अनि कुन दिन दिपक दाइलाइ के गुन गरेछु मैले मेरो लागि सहयोग रकम उठाउन लाग्दै हुनुहुदो रहेछ भनेर म त्यो रात खुशीले सुत्न पनि सकिन भन्दै थिए मध्य नेपाल नगरपालिका वडा नम्बर ७, चिसंकु,लम्जुङ्ग मा बस्ने पूर्ण सिंह गुरुङ भाइ।

मैले मेरो आफ्नो व्यक्तिगत फेसबुक पेजमा “पूर्ण भाइ बचाऊ” आर्थिक सहयोग संकलन अभियान सुरु गरेर कुल रकम नगद रु ७,१९,८९३। – संकलन गरि माघ २२ गते विश्व क्यान्सर दिवस को दिन पोखरा बाट गइ निज पूर्ण सिंह गुरुङ को लम्जुङ्ग, मध्यनेपाल नगर पालिका – ७, चिसंकु अवस्थित घरमा पुगेर देश तथा विदेश बाट सहयोग रकम पठाउनु भएको सम्पूर्ण व्यक्ति हरुको नामवली रकम सहित वाचन गरि फेसबुक लाइभ मार्फत जानकारी गराउदै निज भाइ लाइ आफ्नो क्यान्सर रोग उपचारको निम्ति नगद रु ५,५१,३००। – र नगद रु १,५६,८९३। – चेक मार्फत गरि कुल जम्मा रकम नगद रु ७,१९,८९३। – हस्तान्तरण गरि सकेको छु।

यस कार्यमा धेरै जनाले मलाई साथ दिनु भयो, सबै जना प्रति म आभार प्रकट ब्यक्त गर्न चाहन्छु, हजुर हरुको साथ बिना यो यात्रा अधुरो अपुरो रहने थियो। आर्थिक संकलन को दौरान मैले संगै बाल्यकालमा संगै पढेका ति मेरा सहपाठी मित्रहरु लाइ पनि सम्झे, अनि सोचे अहिले साथीहरु कहाँ कहाँ होला भनि, सामाजिक संजालमा हामीहरु सबै जना एक आपसमा फ्रेन्डसिप कनेक्सन भएता पनि हामीहरुको च्याट भने विरलै हुन्थ्यो।

२०५७ साल एस एल सी को परिक्षा पश्चात हामीहरु सबै जना अलग भएका थियौ। विद्यालयको समय यादगार पलहरुले भरिएको हुन्छ, हो हामी १२ जना साथीहरुको पनि स्कुल जीवन रमाइलो नै थियो। हाल मध्यनेपाल नगरपालिका-६, भोर्लेटार, लम्जुङ्ग अवस्थित हिमाली आवासीय बोर्डिंग स्कुल को हामी २०५७ एस एल सी दोस्रो ब्याच, गर्व साथ भन्न रुचाउने म, साथीहरु जहाँ पुगेका भए पनि यादहरु भने मलाई सदैब आइ रहन्थ्यो।

विद्यालयमा हुदा संगै के नै पो गरिएन, स्कुल नै बंक हानेर सिजन चलचित्र मन्दिरमा फिल्म हेर्न पनि पुगियो, एक आपसमा लडियो, संगै रोइयो संगै हासियो, संग संगै ज्ञान हासिल पनि गरियो। तर आज पनि म भन्छु तिमिहरु जस्तो साथी कहिँ भेटिएन जिन्दगिमा त्यस पछि, आइ रेल्ली मिस यु अल (मज्जा ले स्कुलमा हुदाँ एक आपसमा राखेको नाम लेख्न मन लागि रहेछ आज तिमिहरुको)। कहिले कसो कुरा हुन्छ साथी अमृत र दिपक संग, कहिले फोनमा कहिले छुस्स बाटोमा भेट हुदा, किनकि हामी नेपाल अझै कुर्दै छौ।

अनि सुरु हुन्छ, साथीहरु कहाँ कहाँ पुगे होलान है?, कल्ले के गर्दै छ अहिले? , कुन देश मा छ त्यो ? कसले कति कमायो होला है?, घर बनायो त्यसले ? आदि इत्यादी प्रस्न सहितको हाम्रो कुराहरु, अनि म भन्न बाकि राख्दिन, भिम राज तामाङ्ग कुवेतमा छ धेरै भो साथीले त्यहाँ पैसा छाप्दै बसेको, लाल ध्वज गुरुङ यु के लाहुरे साथी उतै ब्यस्त छ अहिले आफ्नै बिजिनेसमा, अनि थाहा छ गीता गुरुङ मेजर भाको छ नि नेपाल आर्मीको, रबिन्द्र घिमिरे दुबई मा छ, साथीले नि कामको छ, पुष्पा थापा पनि यु के गएको धेरै वर्ष भयो उतै छे, अनि हाम्रो कक्षा को किताबको किराहरु थिए नि लवेन्द्र शाह र अनोद रेग्मी दुइटै डाक्टर भए साथी हरु डाक्टर लवेन्द्र माल्दिव्स, डाक्टर अनोद अस्ट्रेलियामा छ अहिले, कमाको छन् केटाहरुले, अनि शर्मिला दिदि पनि यु के मा हुनुहुन्छ, अनि संगीता तामाङ्ग पोखरामै छ, बरु यो साथी पो अलि गायब छ, जे होस् सबैको राम्रो भएको छ।

हो यस्तै यस्तै कुरा हरु हुन्छ विदेश गएर फर्केको साथी दिपक गुरुङ अनि अर्को एन जिओ कर्मी साथी अमृत रेग्मी संग कहिले कसो मेरो। हो यहि हो हामी हिमालीको एस एल सी दोस्रो ब्याच का साथीहरु को हाल को परिचय र अवस्था, हैन त साथीहरू।

साथीहरु फरक फरक मुलुकमा भएता पनि एक पटक फेरी ” पूर्ण सिंह बचाउ” यस अभियानले हामी सबैलाइ संगै उभ्याई एक हुने मौका दिएको छ। यो साथको निम्ति धेरै धेरै धन्यवाद अनि मैले भनेको थिए नि यहि अभियान सुरु गरे पछि मात्र केहि समय अगाडी मैले नै बनाएको हाम्रो ग्रुप च्याटमा, “मलाई हामी सबै जनाको फोटो एकै ठाउँ मा राख्नु छ, रकम भन्ने कुरा त्यस्तै हो” हो त्यो मेरो धोको पुरा भएको छ, यो भन्दा ठुलो उपहार अरु के नै हुन्छ र।

श्रोत : Deepak Gurung को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top