लेखक : बिश्वबहादुर गुरुङ
पोखरा-१ भिमकाली पाटन I
पृष्ठभूमि I
भूगर्भविद्हरुका अनुसार झन्डै ५० साल कराेड बर्ष पहिले पृथ्वीकाे जमिन एकै ढिक्कामा थियोे ।झन्डै २५ कराेड बर्ष पहिले पृथ्वीकाे आन्तरिक टेक्टाेनिक फाेर्सका कारणले यसकाे विखण्डन हुन गई लाैरेशिय( अंगारालैन्ड)र गौंडवानालैन्ड महाद्वीपहरु अस्तित्वमा आयो ।यसलाई कन्ट्टिनेन्टल ड्रिफ्ट भनिन्छ।लाैरेशिय अर्थात युरोएशिया उत्तरतिर र गाेंडवानालैन्ड दक्षिणतिर छुट्टिएपछि बीच भागमा टेथिस(Tythys)सागर अस्तित्वमा आएको थियोे। तर कालान्तरमा गाेंडवानालैन्डबाट भारतीय भूखण्ड पुनः उत्तरतिर सर्दै गयाे।पृथ्वीकाे गर्भमा रहेका भारतीय र युराेएशियाली टेक्टाेनिक प्लेटहरु आपासमा जुधेर भएको भीषण भाैगर्भिक उथलपुथलका कारणले हिमालय पर्वत र आग्ला पहाडहरुकाे जन्म भयो।यसका कारणले यहाँको Tythys सागर लाेप भएर गयो ।हिमालय पर्वत शृङ्खला नयाँ माेडदार पत्रे चट्टन हो।उत्तरमा तिब्बतदेखि दक्षिणमा शिवालिक थुम्काे गरि हिमाल ,पहाड र शिवालिक थुम्का गरि तीन चरणमा यो विशाल शृङ्खलाकाे निर्माण भएको हो।
भूकम्प वाभूईचालाे भनेकाे के हो ?
पृथ्वीकाे सतहमुनि चट्टान का तहहरु रहेका हुन्छन् ।धेरै वर्ष पहिला जमिनका विशाल भागहरु सर्न पुगे र आपसमा जाेडिए।तिनै विशाल भूभागहरु नै त्यस्ता चट्टानी तहहरु हुन्।ती चट्टानहरु जाेडिएका ठाउँ नै चिरहरु हुने कमजोर ठाउँ हुन्।पृथ्वीभित्र उत्पन्न हुने चापकाे कारणले निश्चित समयावधिमा ती चट्टनहरु सर्दछन् र ती जाेडिएका ठाउँमा चिराहरु पर्दछन्।यसलाई स्लिपेज अथवा फुस्किनु भनिन्छ।यी चिराहरु नै भूकम्पहरु हुन।त्यसकारण दुईटा चट्टान जाेडिएका चिराहरु भएका ठाउँमा नै भूकम्प जाने गर्दछन्।
भूकम्प कसरी जान्छ ?
नेपाल भूकम्प मापन केन्द्र का उपमहानिर्देशक डा.सापकोटाका अनुसार २५०० कि. मी. लामो हिमालय शृङ्खला भूकम्पीय हिसाबले अति जोखिममा छ।भारतीय भूखण्ड र उत्तरमा रहेको तिव्वती प्लेट बीचको जुधाईले भूकम्प पैदा हुन्छ।नेपालकाे चुरेभावर र तराईकाे फेददेखि करिव८० देखि १०० किलोमिटर उत्तरसम्मा ३ हजार मिटर उचाइमा रहेको भूखण्ड २० किलोमिटर तल भारतीय र तिब्बति प्लेट बीच जुधाई भएपछि त्यस क्षेत्रमा शक्ति संचय हुन्छ ।सञ्चय भएको शक्ति चट्टानले थेग्न सक्ने जति थेग्छ र बढी भएपछि फुस्किन्छ।यसरी फुस्किएर उत्पन्न हुने शक्ति नै भूकम्प हाे।प्रति बर्ष दुई से. मी. का दरले भारतीय प्लेट छिर्ने क्रममा शाक्ति थेग्न नसकेपछि प्लेट हाल्लिन्छ र भूकम्पकाे रुप लिन्छ ।भूकम्पकाे केन्द्र विन्दु जति नजिक हुन्छ त्यसले वढी क्षति गर्छ।चट्टानकाे प्रकृति र भूबनाेट कस्तो छ भन्नेमा असर भर पर्दछ।

नेपालमा भूकम्पकाे इतिहास I
नेपालमा हरेक ७० -१०० बर्षमा आठ वा त्याेभन्दा बढी रेक्टर स्केलका महाभूक्पहरुले नेपाललाई हल्लाएका छन्।अनि अर्को त्यस्तै महाभकम्प आउनै लगेको छ भनी भूगर्भशास्त्रीहरु भन्छन्।वि. सं.१९९० सालमा आएकाे भूकम्प ८.१ रेक्टर स्केलकाे थियो ,जसले नेपाल र भारतका गरि १६,००० भन्दा बढीको ज्यान लियो ।२०७२ साल वैशाखमा आएको महाभूकम्पबाट नेपालमा ९,००० को ज्यान लियो ।भूकम्पविद्हरुका आनुसर नेपालकाे पाेखरादेखि भारतकाे देहरादुनसम्मकाे पश्चिमी हिमालय क्षेत्रमा एउटा- भूकम्पीय खाडल-छ जहाँ२०० बर्षभन्दा बढी समयदेखि भूकम्प नगएको कारण जमिनमुनि बिशाल शक्ति जम्मा भइरहेको छ पश्चिमी नेपालमा आउन सक्ने ९.० रेक्टर स्केलकाे महाभूकम्पले उत्तरी भारत र नेपाललाई तहसनहस पार्न सक्छ।भूकम्पकाे जाेखिममा रहेका संसारका २१ वटा सहरमध्ये काठमाडौलाई मृत्युु ,विनाश तथा तयारी नभएको दृष्टिकोणबाट सबैभन्दा जाेखिमपूर्ण मानिन्छ ।
भूकम्पबाट पुग्ने सम्भावित क्षेतिहरु I
- भवनहरुमा पुग्ने क्षेति,
- यातायात सञ्जालमा पुग्ने क्षेति,
- दैनिक उपभोग्य वस्तु हरुमा पुग्ने क्षेति,
- मृत्युु ,घाइते र घरवारविहिन हुनेअवस्था , आगलागी ,महामारी ,हिंसा तथा लूटपाट ।
अर्को महाभूकम्पका लागि तयार हुने तरिका I
हामी भूकम्पलाई राेक्न सक्दैनौं ।भूकम्प कहिले आउनेछ भनी हामी सठीक रुपमा भविष्यवाणी गर्न सक्दैनाै।हामी यसका लागि तयार हुने र विनाशलाई रोक्न वा कम गर्न सक्दछाै।
जीवनकाे त्रिभुज : भूकम्पका निम्ति तयारी गर्दा तपाईंले जान्नुपर्ने सवभन्दा महत्त्वपूर्ण कुरा पृथ्वी हल्लिन थालेपछि तपाईले कुन सुरक्षा विधि अपनाउनुहुनेछ भन्ने हो।फर्निचर ,ढोकामुनि बस्ने ? दगुर्दै भर्याङबाट ओर्लनु यी सबै विधिहरु घातक हुन सक्दछन्।हालसालै मात्र सुरक्षित रहने नयाँ विधि सुरु गरिएको छ,जसले भूकम्पमा जीवितै रहने सम्भावनालाई लगभग नब्बे प्रतिशतले बढाईदिन्छ भनेर भनिएको छ।यो विधिलाई जीवनको त्रिभुज भनिन्छ।जब भूकम्पले हल्लाउन थालेपछि कोठामा पहिलादेखि नै राखिएको सबैभन्दा नजिकैको सुरक्षित वस्तुतिर ( गुरुत्वाकर्षणको केन्द्र कम भएको अथवा सजिलै नढल्ने बलियो वस्तु हो ) तुरुन्तै जानुहोस्।आफ्ना आँखा र टाउको जोगाउने गरि उक्त वस्तुको छेवैमा गर्भमा रहेको शिशुझै कुक्रुक्क परेर वस्नुहोस्।यसरी वस्नुले भवन भत्किँदाखेरी तपाईंलाई जीवित रहने धेरै माैका दिनेछ।
अविकसित देशहरुमा भवन निर्माणकाे गुणस्तर कम भएको कारण भवन भत्किनु सामान्य समस्या हो।उद्वारकर्ताहरु र जीवित रहेकाहरु दुवैले व्यापक रुपमा देखेको र भोगेका कुरा यो हो : गुरुत्वाकर्षणको केन्द्र कम भएको अथवा सजिलै नढल्ने बलिया वस्तुहरुको छेवैमा प्रया: सदैब नै एकजना मानिस जीवितै रहनका निम्ति भ्रुणझै कुक्रुक्क परेर बस्न मिल्ने खाली ठाउँ पाउन सकिन्छ ।अहिले सामान्य रुपमा यो खाली ठाउँलाई – जीवनको त्रिभुज- भनिन्छ।जीवनको त्रिभुजचाहिँ भवन भत्किएको खण्डमा प्रयोग गर्नुपर्ने सवभन्दा भरपर्दाे विधि हो।

जीवनको त्रिभुज भूकम्पीय सुरक्षा पुस्तिका I
भूकम्प आउनभन्दा पहिला :
- पारिवारिक योजना बनाउनुहाेस् I
- यसले भूकम्प आउनुभन्दा पहिला,आएको बेलामा र आएपछि गर्नुपर्ने कामहरुलाई समावेश गर्नेु पर्दछ।सम्पूर्ण परिवार बसेर त्यो योजनाको बारेमा छलफल गर्ने र यसमा सुरक्षित रहने तरिकाकाे अभ्यास पनि समावेश हुनुपर्छ।
- एउटा भूकम्प बाकस र आवश्यक सामान लिएर जाने झाेला तयार पार्नुहाेस्।
- जीवित रहनका लागि जीवनकाे त्रिभुज सुरक्षा विधिबारे अभ्यास गर्ने ।सुरक्षित स्थानतिर तुरुन्तै जानुहाेस् रआफूले राखेकाे भूकम्प बाकास लिएर जानुहाेस्…आदि।
- भित्रकासुरक्षित स्थानहरु :
१. माथिल्लो तलामा – तथ्यांकगत रुपमा भन्ने हो भने महाभूकम्प आउँदा घरमा सवैभन्दा सुरक्षित स्थान भनेकाे माथिल्लो तला हो।त्यसपछि माथिल्लो तलाका ठूला खाली ठाउँहरु हुन्।
२. गुरुत्वाकर्षणकाे केन्द्र कम भएको वा सजिलै नढल्ने बलिया बस्तुहरु- विस्तारा,ठूला मेच,टेवल,साेफा र दराज आदि।दुईवटा बलिया बस्तुहरुकाे बीचमा बस्नु अति सुरक्षित हुन्छ।तर तपाईकाे शरीरकाे कुनै पनि अंग ती वस्तुहरुमध्ये कुनैकाे पनि मुन्तिर नराख्नुहाेस्।
३. बाहिरी भित्तादेखि टाढा ,तर घरकाे भित्रपट्टि होइन -भूकम्प आउदा सधैं घरकाे बाहिरी भित्तादेखि आठ फिटभन्दा पर बस्नु पर्दछ।यदि बाहिर जान नभिएमा बाहिरी भित्तातिर सुरक्षित गरि बस्नुपर्छ ।
४. सिसा,ऐना,फाेटाे र ठूला फर्निचर ढलेर लाग्न सक्ने ठाउँदेखि टाढा बस्नु पर्दछ।घर बाहिर खाेलानाला,पुल,घर,विजुलीका तार,आकासे पुल,बरण्डा र पर्खालहरु देखि टाढाका खुला स्थान हरुमा बस्नुहाेस्।नचाहिएकाे समयमा ग्यासको सिलिन्डर खुल्लै नराख्नुहाेस्।घर भूकम्प प्रतिराेधि निर्माण गर्नुहाेस्।पुराना घरलाई सम्भव बलियो बनाउनुहाेस् अथवा रेट्राेफिटिङ गर्नुहाेस्।
भूकम्प आएको बेलामा I
तपाई घरभित्रै हुनुहुन्छ भने भित्रै बस्नुहाेस र सुरक्षित तर सबैभन्दा नजिककाे वस्तुतिर जानुहाेस्।जीवनका सुरक्षा विधि अप्नाउनुहाेस्।तपाईं सुतिरहेका बेलामा भूकम्प आयो भने बिस्ताराबाट झरेर आफ्ना आँखा र टाउको जाेगाउदै सुरक्षित स्थानमा टुक्रुक्क परेर बस्नुहाेस्।भान्सामा नबस्नुहनेस्।ढाेका,ढाेकाकाे त्रिकाेसमुनि नबस्नुहाेस्।घर हल्लिरहेकाे बेलामा दगुर्दै भर्याङ नओर्लानुहाेस् किनभने भूकम्प आँउदा सबैभन्दा पहिला भत्कने भाग नै भर्याङ हो ।
भूकम्प आएपछि I
भूकम्प आएपछि पुनः आउने झट्काहरुका निम्ति तयार हुनुहाेस्।घरभित्रै हुनुहुन्छ भने तपाईकाे भूकम्प बकासबाट तपाईंलाई चाहिने सामान झिक्नुहाेस्।साबधानीका साथ ग्यास,बिजुल र पानीकाे मुख्य स्राेत बन्द गर्नुहाेस्।सुरक्षित तवरले घर बाहिर परिवारलाई लिएर जानुहाेस्।
धाइते भएका वा पुरिएका मानिसहरुलाई सहायता गर्नुहाेस्।आगलागी हुनबाट बचाउनुहाेस्।नआत्तिनुहाेस्।उद्वारकर्ताहरुलाई सहयोग गर्नुहाेस्।पिउने पानी ,प्राथमिक उपचार र चिकित्सकीय सामग्रीहरु लिन नछुटाउनुहाेला। आबश्यक झाेलामा भएकाे सामन लिनुहाेस्।
अन्तिम बुध्दिमानी सल्लाह – घरबाट बाहिर निस्केपछि आवश्यक पर्ने कुराहरु लिनका लागि पुन:आफ्नो घरभित्र पस्न सक्दछु भन्ने योजना कहिलै नबनाउनहाेस्।किनभने पुन:भूकम्पआउन सक्ने र कमजाेर घरभत्कनसक्छ।
स्रोत :भूकम्पीय सुरक्षा – म्याट हामिल्टन,२०१० ई. स. ,अन्य पुस्तक र पत्रपत्रिका ।
श्रोत : Bishow Gurung को फेसबुक
