लेखक : बिश्वबहादुर गुरुङ
पोखरा-१ भिमकाली पाटन I
ढुंगामा लेखिएको मान्छे को कथा I
मानव जातिको लागि आफ्नो पुर्खाको उत्पत्ति सधै चासो र खोजको विषय वन्ने गरेको छ। दुई खुट्टाले टेकेर संसार विचारण गर्ने र बुध्दिको प्रयोग गर्ने हाम्राे मानव जातिको उत्पत्तिको रोचक तथ्यहरु पढ्दै गर्दा कस्तो दुर्लभ संयोगको शृङ्खलाबाट गुज्रिएर पृथ्वी मा वुध्दिमान मानव जीवन संम्भव भयो,यस्तो शृङ्खला यो व्रह्मण्डमा अन्त जुर्नु दुर्लभ हुने छ।यस्तो रोचक इतिहासबारे अक्सफोर्ड विश्वविधालयका खोजकर्ता एन्ड्रयु इ. सिन्डर र समूहले- एस्ट्रोबायोलोजी- जर्नलमा यस्तै असख्य र दुर्लभ संयोगकाे लामो शृङ्खलाबाट गुज्रिएर जसरी पृथ्वीमा बुध्दिमान जीवन संम्भव हुन गयो ,यस्तो शृङ्खला यो व्रह्माण्डमा अन्त जुर्नु दुर्लभ हुने तर्क गरेका छन्।रिसर्च ले जसरी महाविस्फोटदेखि पृथ्वीको उत्पत्तिसम्म,अजैविक पदार्थबाट जीवनको आरभ्भ,प्रजननका लागि याैन र बहुकोषीय जीवदेखि बुध्दिमानी जीवको विकाससम्मका -इभोलुसनरी ट्रान्जिसन- भए यी सवै संयोगले जुरेका हुन्।लिखित इतिहासभन्दा निकै पुराना यस्ता दुर्लभ घटनाको दसी प्रमाण जीवाश्माविद् र भूगर्भशास्त्रीहरुले चट्टानमा खिपिएकाे पृथ्वीकाे इतिहास- डिकाेड- गरेर प्रकासमा ल्याउँछन।यहाँ चर्चा यस्तै खगोलीय तहमा घटेको एक महासंयोगकाे उदघाटन गर्न लागिएको छ जसकाे जगमा आजको दुनियाँ उभिएको छ।
सन् १९७०को दशकमा मध्यइटालीकाे सहर गुब्बियोभन्दा केही पर चुनढुङ्गाले बनेको पहाडकाे गल्छी भएर हिंडेका भूगर्भशास्त्री वाल्टर अल्भारेजकाे नजर त्यस चट्टानको एउटा तहमा पर्याे।जब अल्भारेजले गुब्बियो पहाडको चट्टानमा रहेको फोराम( एककोषीय सामुन्द्रिक जीव फोरामेनिफेरा)को जीवाश्मा नियालेर अध्ययन गरे,त्यसमा अनाैठो ढाँचा देखे।तल्लो तहकाे सेताे रंगकाे पत्रेचट्टानमा फोराम जीवाश्माकाे आकार ठूलो थियोे।र,त्यसमा थुप्रै प्रजातिगत् विविधता थियोे। माथिल्लो राताे रंगकाे पत्रेचट्टानमा फोरामेनिफेराकाे जीवाश्मा निकै कम थियो।र,त्यसमा न्यून विविधता थियो।यो दुवै पत्रकाे वीच/ साँधमा रहेको खरानी रंगकाे पत्रमा कुनै जीवश्मा देखिएन।अल्भारेजलाई लाग्यो – यो दुई तहकाे पत्रेचट्टान बन्न लाग्ने यति छोटो अवधिलाई ध्यान दिने हो भने माथिल्लो तहकाे पत्रेचट्टान वन्नुअधि फोरामकाे थुप्रै प्रजाति नष्ट भएकाे हुनुपर्छ र यत्रो विनाशकारी घटना हुनेगरि पक्कै कुनै ठूलै प्रलय अएकाे हुनुपर्छ ।
अल्भारेजले फेला पारेको पत्रेचट्टानकाे निर्माण अवधि मा फोरामकाे मात्रै विनाश भएको थिएन।संयाेगले अल्भारेजले फेला पारेको फाेरामकाे विनाश अवधि भाैगाेलिक कालखण्डकाे क्रिटासियस अवधिकाे अन्त्य(६.५ कराेड बर्ष) अर्थात डाईनाेसर पतनकाे समयकालसंग मिलेको थियोे।अल्भारेजले फेला पारेको पत्रेचट्टानकाे तल्लाे तह निर्माणकाे त्यो युगमा पृथ्वीकाेजल,थल र आकाशमा समेत डाईनाेसरकाे रजगज थियोे।त्यसकाे ठीक माथिल्लो राताे पत्र स्तनधारी जीवकाे युगको आरम्भ थियो।बीचमा रहेको जीवाश्मारहित खरानी रंगकाे पत्र त्यस दिनको थियोे ,जुन दिन पृथ्वीमा कुनै ठूलो विनाशकारी घटना भएको थियो।यो सांधकाे पत्रेचट्टान निर्माणकाे समय डाईनाेसर मात्रै होइन त्यसबेला अस्तित्वमा रहेका करिब तीन चाैथाइ प्रजाति लाेप भएका थिए।अल्भारेज,स्मिट र उनका सहयोगीसामु तेिर्सिएकाे एउटै रहस्यमयी प्रश्न थियो – आखिर त्यो सुक्ष्म फाेरामदेखि डाईनाेसरसम्म नामेट पार्ने त्यस्तो कुन घटना पृथ्वीमा भएको थियो ?
दुई फरक पत्रेचट्टानकाे बीच साँधमा रहेको खैरो पत्रकाे रासायनिक विश्लेषण गर्दा यसमा इरिडियमकाे ठूलो मात्रा देखियो।यो तत्व पृथ्वीमा निकै दुर्लभ हुन्छ।तर छुद्रग्रह र पुछ्रेतारामा पर्याप्त पाईन्छ ।उनीहरुका आँखा अन्तरिक्षतर्फ सोझियो।त्यस साँधमा फेलापरेकाे इरिडियमको अध्ययनपछि उनकाे समूह एउटा निष्कर्षमा पुग्यो – त्यस विनाशका लागि ६.६ करोड बर्षअघि पृथ्वीमा छुद्र ग्रह ठोक्किएकाे हुनुपर्छ ।कोपेनहेगेन,डेनमार्क र न्युजिल्याण्डमा एक्सपोज भएका त्यस कालखण्डका साँधमा रहेका पत्रेचट्टानमा समेत इरिडियमकाे अनुपात विश्लेषण गरियाे।म्यानहटन प्राेजेक्टका नायक तथा नाेबेल परस्कार विजेतासमेत रहेका वाल्टर अल्भारेजका पिता लुइस अल्भारेजले त्यो अनुपातमा इरिडियम छर्ने गरि आउने उल्कपिण्डकाे आकार हिसाब गरे।उनको अनुसार ,यसको आकार कम्तीमा १० कि. मि. चाैडा हुनुपर्छ ।
अल्भारेज,स्मिट र उनका सहयोगीले सन्१९८० मा छुद्रग्रह ठक्कर र क्रिटेसियस युगको विनाशकाे सम्भावित परिदृश्य अगाडि सारे। तर यो र्याडिकल प्रस्ताव कसैले पत्याउन चाहेन।यो प्रस्ताव विल्कुलै अनाैठाे थियोे।त्यसमाथि उक्त छुद्रग्रह ठाेक्किएर बनेको ठूलो क्रेटर पृथ्वीमा कहाँछ,अत्तोपत्तो थिएन I पछिल्ला बर्षमा त्यस कालखण्डका थुप्रै पत्रेचट्टान अन्य ठाउँमा पनि फेला परे।अन्त्यमा सन् १९९१ मा मेक्सिकाेकाे युकातान प्रायद्वीपमा रहेको चिक्सुलुव गाउँमा उक्त ठक्करले पारेको १०० माइलकाे क्रेटर फेला पर्याे। त्यसपछिका दिनमा यसका थप प्रमाणहरु जुटे र ६.६ करोड बर्षअघिकाे त्यो विनाशकारी घटनाको निर्विवाद तथ्य र कारणहरु स्थापित भए।
त्यस दिन डाईनाेसरकाे नियमित दिनचर्या सुरु हुन लागेको थियोे।आकाशमा सानो मधुराे पिण्ड देखिन थालेको थियोे।त्यो पिण्डकाेआकार दिनदिनै बढ्दै जान थालेको थियोे।सरिसृपहरुले ढाकेर बाँकी रहेकाे सीमान्तीकृत स्थानमा सीमित हाम्रा स्तनधारी पुर्खाकाे आकार नै मुसाकाे भन्दा ठूलो थिएन।ती पनि दिनभर दुलामा पसेर राति आहारा खाेज्दै जेनतेन जीवन धान्दै थिए।प्रजातिकरणमार्फत आफ्नो वंशमा नयाँ प्रजातिकाे हाँगा बढाउने कुनै संकेत थिएन।
अनि त्यो भयानक प्रलयकाे दिन आयो।बाटो बिराएर पृथ्वीतिर हान्निएकाे कुनै उल्कपिण्ड कुनै छुद्रग्रह त्यस दिन मेक्सिकोकाे युकातान प्रयद्वीपमा बजारियाे।करिब १० किलोमिटर ब्यास भएको ( सगरमाथा जत्तिकै चाक्लाे चट्टान) पिण्ड ३० किलोमिटर प्रतिघण्टाकाे दरमा हान्निदैआएर पृथ्वीमा जाेत्तियाे।यसले लगभग ४० किलोमिटर क्षेत्र साेहाेर्याे।सतह मात्रै होइन पृथ्वीकाे म्यान्टल ( पृथ्वीकाे भित्री तह)सम्मै चिरेर २५ माइल गहिरो खाल्डाे बनायाे।एक अर्ब आणविक बमले उत्सर्जन गर्ने उर्जा त्यो ठक्करले पैदा गर्याे।

ठक्करकाे प्रभावले युकातान सेल्फ भास्सियाे।त्यसले पैदा गरेको २ सय मिटर अग्लो त्यो सुनामी मेक्सिको गल्फ र क्यारिवियनतिर हान्नियाे।ठक्कर लागेकाे स्थानबाट उछिट्टिएकाे तातो पग्लेकाे चट्टान चारैतिर फैलियाे।हजारौं माइल प्रतिघन्टाकाे दरले उछिट्टिएकाे तातो चट्टान उत्तरी अमेरिकाका धेरै ठाउँमा बर्सियाे।ठक्कर काे केन्द्रविन्दुमा भने कार्वनडाइअक्साइड,पानी र सल्फरकाे बाफ,चट्टान र अन्य पदार्थ २५ हजार माइलकाे गतिमा उछिट्टिएर पुरै वायुमण्डल मात्रै ढाकेन,त्यसकाे परिधि समेत नाघेर अन्तरिक्षमा पुग्यो।त्यसपछि घण्टाैसम्म राताे र ताताे उल्कपिण्ड निरन्तर झरेसरि पुरै पृथ्वीभर बर्सियाे।ग्रउन्ड जिराेबाट उछ्छिट्टिएकाे पदार्थ पुनःबर्सिएर पृथ्वीकाे प्रत्येक बर्गमिटरमा कम्तीमा १० किलोग्रामका दरले छरिन पुग्यो।तत्कालै वायुमण्डलकाे तापक्रम ४ सयदेखि ६ सय डिग्रीसम्म पुग्यो।उछिट्टिएर बर्सिएकाे ताताे चट्टानले संसारभरकाे जंगलमा डढेलाे लाग्यो ।
त्यस प्रलयकाे केन्द्रबाट सयौं किलोमिटरकाे परिधिभित्र जीवन पुरै नामेट भयो ।ठक्कर लागेको केही घण्टामै मेक्सिको र अमेरिक वनस्पति र जनावरविहीन मरुभूमि बन्याे।अधिल्लाे दिनसम्म जीवनले ढाकेकाे क्षेत्र भाेलिपल्ट धुवाँ र धुूलाेकाे कुहिराेभित्र लुकेको नरक बन्याे।
प्रलयकाे केही दिनपछि यसको तत्कालीक प्रभाव मन्थर भयो।तर,आकाशमा उडेको धूलो र धूवाँले पृथ्वी पुरै अन्धकार भयो ।आकाशमा ढाकिएकाे धूलो र धूवाँ थिग्रिएर पृथ्वीमा खस्न महिनाै लाग्यो ।त्यसपछि पृथ्वीमा घाम फर्कियाे।तर,तापक्रम उत्कर्षमा पुग्यो।पानी र कार्बनडाईअक्साईड जस्ता हरित ग्यासले वायुमण्डल ढाकेकाे थियोे ।घामकाे ताप पृथ्वीमा त आयाे तर सतहमा ठोक्किएर बाहिर जाने तापलाई हरित ग्यासले राेक्याे।त्यस प्रलयलाई सप्रमाण दुनियाँसामु ल्याउने भूगर्भशास्त्री बैज्ञानिक वाल्टर अल्भारेज आफ्नो पुस्तक- टी रेक्स एण्ड द क्रेटर अफ डुम- मा लेख्छन् ,सुरुमा दुनियाँ अन्धकार र हिंउझै ठण्डा बन्यो ,त्यसपछि अम्लिय बर्षा र धूवाँले बिषाक्त बनेको आगाेकाे भट्टी बन्यो।
त्यस प्रलयले निम्त्याएको भाैतिक क्षती मन्थर भएको सयौं बर्षापछि पृथ्वीकाे जीवमण्डल विल्कुल पहिलेजस्तो रहेन।यो सदाकाे लागि बदलियाे।प्रभाव स्थानकाे आधारमा ७८ प्रतिशत प्रणी र वनस्पति नामेट भए।तिनका पुरै समूह र प्रजातिसमेत कहिल्यै नफर्किने गरी लाेप भए। पृथ्वीमाआकार र प्रभावकाे हिसाबले यो उल्कपिण्डकाे ठक्कर पछिल्लो-५४करोड बर्षकै सबैभन्दा ठूलो हो।यो एक महादुर्लभ घटना हो ।यो संयाेगकाे पनि महासंयाेग हो ।
यही अद्भुत संयाेगले,पृथ्वीमा जीवनको नयाँ गोरेटो काेरियाे।इभाेलुसनरि बायाेलाेजिष्ट सियन वि क्याराेल भन्छन् ,त्यो घटना त्यस युगका केही भाग्यमानी ठहरिएका प्राणी र वनस्पति लाई भेला पारेर धरतीमा रहेको जीवनको खेलमा रिसेट बटन थिचेझै भयो ।१० करोड बर्ष रजगज गरेको डाईनाेसर लाेप भयाे ।त्यस प्रलयकाे एक संयाेगले धरतीमा पछि आएका जीव,वनस्पति र सारा दुनियाँ नै अघिल्लो दुनियाँका भन्दा विल्कुल पृथक भए।
त्यस प्रलयमा कुनै प्राणी बाँच्नु र कुनै नामेट् हुनु पनि नितान्त संयाेग थियो ।करोडौं बर्षका उदविकासकाे इतिहास बाेकेर स्थिर बनेको ,दुनियाँ ढाकेर बसेकाे भीमकाय शरीरकाे बिकास गरेको डाईनाेसरका लागि दुर्भाग्य भइदियाे।बरु स-साना शरीर लिएर डाईनाेसरले छाडेकाे सीमान्त स्थानमा रातको समयमा लुकीलुकी आहारा खाेज्ने र दुलाेभित्र बस्ने केही स्तनधारीका लागि आफ्नो शरीर र जीवनशैली त्यस प्रलयमा बाँच्न सक्ने संयाेग बनिदियाे।
कछुवा गाेहीजस्ता जलचर वाआंशिक जलचर,जमिनभित्र दुलाेमा बस्ने पन्छी,सर्प र केही स्तानधारीलाई तुलनात्मक रुपमा कम क्षति भयो ।हिटपल्सबाट जाेगिन त्यो जीवनशैलीले सहयोग गर्याे।सानो शरीरकाे प्रजनन दर छिटो हुनाले जमिन तङग्रिएपछि यिनै स साना प्राणीले खाली जमिन र आकाश भर्न थाले ।अहिलेका हरेक प्रजाति त्यही प्रलयमा संयाेगले बाँचेका केही पुर्खाका सन्तति हुन्।
स्तनधारी जीव र डाइनाेसर १० करोड बर्षभन्दा लामो समय साथसाथ बाँचेका थिए।त्यसवेला तुलनात्मक रुपमा स्तनधारीहरुकाे शरीर सानो थियोे र उनीहरु डाईनाेसरले छाडेकाे सीमान्त परिवेशमा सीमित थिए।तर१० करोड बर्षसम्म शरीरकाे आकार र जमिनमा फैलावट स्थिरप्राय: रहेका स्तनधारीकाे शरीरकाे आकार डाईनाेसर लाेप भएकाे केही हजार बर्षमै भीमकाय बन्न पुग्याे।त्यो प्रलयमा९० प्रतिशत प्रजाति गुमाएकाे स्तनधारी प्राणीले कालान्तरमा डाईनाेसरले छाडेका हर खाली ठाउँ भर्न पुग्यो ।उसले जमिन मात्रै ढाकेन,आकाशदेखि पानी सम्म कब्जा गर्या।यही प्रलयमा बाँचेर विस्तार भएका स्तनधारीकाे एक समूहबाट प्राइमेटस बन्याे र कालान्तरमा हाम्रो प्रजाति आगमनकाे आधार तय भयो ।
त्यस प्रलयमा पन्छीका पाँचमध्ये चार समूह पुरै नष्ट भयो ।अहिले अस्तित्वमा रहेका चराहरुका१० हजारभन्दा धेरै प्रजाति त्यस प्रलयमा बाँचेका त्यही एक समूहका सन्तान हुन।यदि यस्तो प्रलय नभएको भए , सायद त्यही समूहबाट प्राइमेटसकाे उदविकास हुने थिएन।दुई खुट्टाले टेकेर संसार विचरण गर्ने बुध्दिकाे प्रयोग गर्ने हामी हुने थि एनाै।जीवनको निर्माण ,उदविकास वा यसकाे इतिहास ब्रह्माण्डकाे सर्वव्यापी यही नियमकाे परिधिभित्र हुन्छ ।पदार्थ र गतिको सामान्य नियमभित्रै इतिहासकाे उदघाटन हुन्छ ।जे गाेउल्ड भन्छन- हाेमाे स्यापियन्स ( आधुनिक मेधावी मानव) असम्भवप्रय: संयाेगहरुकाे शृङ्खलाले जन्माएको विशाल ब्रह्माण्डकाे सारै तुच्छ अस्तित्व हाे। इतिहास प्रतिकाे यस्तो हेराईले कसैलाई निकै निराश बनाउन पनि सक्छ।तर,यही कुराे मलाई उल्लास पूर्ण लाग्छ ।मेरो स्वतन्त्रता र नैतिक दायित्वकाे स्राेत पनि यही हो ।
( विकास बस्नेतद्वारा २७ मंसिर,२०७७ मा लिखित,कान्तिपुर दैनिकमा प्रकाशित यो ऐतिहासिक आलेख अति नै महत्त्वपूर्ण लेख भएको हुँदा त्यसलाई मैले सारांशामा साभार गरेको छु) ।
श्रोत : Bishow Gurung को फेसबुक
