धम्पुसको बाटोका लागि बजेट निकासा

http://www.dhampus.org/

पर्यटकीय गाउँ धम्पुसमा निर्माणाधिन कच्ची माेटर बाटोकाे दयनीय अवस्थालाई लिएर वडा प्रतिनिधि,माेटरबाटो उपभोक्त समिति सदस्य ,धम्पुस माेटरबाटो निर्माण सहयोग समिति तथा सराेकारवाला विशेष व्यक्तिहरुले छलफल गरि गण्डकी प्रदेशकाे मुख्य मन्त्री कृष्णचन्द्र पाेख्रेल,भाैतिक पूर्वाधार तथा यतायात मन्त्री श्री कुमार खड्का र मध्यपहाडी लाेकमार्गकाे प्रमुख ई.श्री नारायणदत्त भण्डारी लगायतसंग उक्त माेटर बाटोलाई पक्की बनाउने तथा तत्काल गर्नेु पर्ने आत्याबश्यक बिषयमा भेटघाट तथा छलफल हुँदा निम्न लिखित कार्यहरु तत्काल शुरु गर्ने निर्णय भएको छ I

  • धम्पुस झिन्जे स्थित खाेलामा गत बर्षाकाे बाढीकाे पहिरोबाट क्ष्यतिग्रस्त बाटो मर्मतका लागि गण्डकी प्रदेश सरकारबाट रु: १,०००,०००( अक्षरुपियाँ दस लाख मात्र ) दिने निर्णय भएको छ।
  • जिर्ण माेटरबाटाेलाई मर्मत सम्हार गर्नका लागि गण्डकी प्रदेश सरकारबाट रु-:६,००,०००( अक्षरुपियाँ छ लाख मात्र ) दिने निर्णय भएको छ।
  • घट्टेखाेला पुलदेखि धम्पुस जाने बाटोमा ढलान गर्न रहेको बाँकी भाग मध्य पहाडी लाकमार्ग आयोजनाले निर्माण गरिदिने निर्णय भएको व्यहाेरा धम्पुसबासी सम्पूर्णलाई जानकारी गराउँदा छु।

बिश्वबहादुर गुरुङ मिति -:२०७८/०७/१५

श्रोत : Bishow Gurung को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top