रचना : दिपक गुरुङ
२०७८ बैशाख २८
कोशौ पर रहेर पनि
देख्दै छु म
मन देखि तिमीलाई
सकी नसकी
बाबा संगै
हिजो मात्रै भित्रिएको
एक अङालो दाउरा
तिम्रा ति
पटपटि फुटेका हातहरुले
उचाल्दै ओदानमुनि राख्दै गरेको
अनि
घर भरिको ध्वासोले कालै
बनाइदिएको
वर्षौ पहिलेको सेतो
प्लास्टिकको जर्किन वाट
सृफ एक बिर्को
मट्टितेल
दाउरा माथि छर्किदै
युगौ देखि तिम्रो न्यानो पटुकी बासि
एक थान सलाईको काटी
दाउरा विच
सुकेको मकैको खोस्टामा
सलाईको काटि झोसे पछि
अनि त आमा
चाउरिएका ति थकित अनुहार
धपक्क बल्यो होला है
एक पटक रातो गरि
अफसोच,
तिमि अगेनामा बसी
मिठो खाना बनाउदै गर्दा
यो छोरा आज
देशमा नै पनि
परदेशी सरह भएको छ
किनकि म छैन त्यहाँ
तिम्रो सामु।
म सानै हुदा
नसकी नसकी
मेरै जिद्दीमा उचालिदा
कुच्चिएको कसौडीमा
भात पकाउदै गर्दा
बाबाले ल्याएका
सालको चिर्पटे दाउरा
आवाज नै सुन्ने गरि
भर्भर भर्भर भर्भाराउदा
“अहो! पाहुना लाग्छ क्या हो,
हाम्रो घरमा नि, दिबू बाबा?”
भन्ने तिम्रो आवाज
कोशौ टाढा भएता पनि
म सुन्न सक्छु आमा
किनकि
कुनै दिन
मेरो नाभी तिमि सित
जोडिएको थियो
कास,
आजकै दिन
आफ्नै घरमा
पाहुनै सहि
बाबाले पोहोर सालमात्रै
बुनि भ्याउनु भएको राडीमा
पलेटी कसी
तिम्रै अघि बसी
तिमीलाई हेर्न पाए
पक्कै खुशी हुन्थ्यौ नि
है आमा?
तर विडम्बना
धन कमाउने आशमा
यो छोरा आज
देशमा नै पनि
परदेशी सरह भएको छ
किनकि म छैन त्यहाँ
तिम्रो सामु।
श्रोत : Deepak Gurung को फेसबुक
“आज कै दिन आमा”

सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …