बालुवाटारको जग्गा बिक्री प्रकरण : पहिलो प्रतिवादी पौडेललाई अदालतले जेल पठायो

http://www.dhampus.org/

थाहा संवाददाता  |  २२ घण्टा अघि चैत ३, २०७६

अन्य प्रतिवादीको पनि सुनुवाइ हुँदै

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको सरकारी जग्गा विक्री प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेल थुनामा गएका छन्।  विशेष अदालतले ललिता निवास जग्गा प्रकरणका एकजना अभियुक्त पौडेललाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी मुद्दा चलाएको थियो। उनीविरुद्ध ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग पनि अख्तियारले गरेको थियो।  विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको संयुक्त इजलासले पौडेललाई थुनामा पठाउन आदेश दिएको हो।

ललिता निवास प्रकरणमा अदालत उपस्थित भएका पहिलो प्रतिवादी पौडेललाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए। विशेष अदालतले पहिलो प्रतिवादीसँग धरौटी नमागी थुनामा पठाएपछि अरुमाथि पनि यस्तै आदेश आउने सम्भावना बढेको छ। ललिता निवासको जग्गा विक्री प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २२ गते गच्छदारसहित तीनवजना पूवमन्त्री, तीनजना पूर्वसचिव र अवकाशप्राप्त तथा बहालवाला कर्मचारीसहित १७५ जना विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। 

श्रोत : थाहाखबर


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top