जलवायु परिवर्तनले ल्याएको महासंकट।

http://www.dhampus.org

लेखक : बिश्वबहादुर गुरुङ
पोखरा-१ भिमकाली पाटन

जल (पानी) र वायु (हावा) प्राणी जगतकाे प्राण हो र बाँच्ने आधार हो। जलवायु विना प्राणी जगतको अस्तित्व कल्पना गर्न सकिदैन।प्राणी जगतकाे अस्तित्वसंग जाेडिएकाे जलवायुमा परिवर्तन भई महासंकट आउदैछ। चार अर्बभन्दा लामो इतिहास भएको पृथ्वी सन् २०२० मा नयाँ चरणमा प्रवेस गरेको छ। पृथ्वीकाे लामो आयुकाे तुलनामा भर्खरै टुप्लुक्क देखा परेका मान्छेले केवल विगत २०० बर्षमा गरेको भाैतिक दाेहनका कारण प्रलय निम्तिने जाेखिम वढन थालेको छ। जसले भूमन्डलिय तापमान बृध्दि,वातावरण तथा पर्यावरणमा असन्तुलन र जैविक विविधतामा नकारात्मक असर पारेको छ।

जलवायु परिवर्तन केहाे ?

समयकाे अन्तरालमा पृथ्वी काे वायुमण्डलमा तापक्रम,हावाकाे बहाव र बर्षातमा हुने घटवडका कारण पृथ्वी तथा यसकाे कुनै पनि भागमा औसत माैसममा हुने महात्वपूर्ण परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ I हाल आएर वैज्ञानिकहरुले पृथ्वीकाे जलवायु परिवर्तन भएका तथ्यहरु अगाडि ल्याएका छन्। जलवायु परिवर्तन कै कारण पृथ्वी काेअाकाशजमिनमा रजगज गरिरहेका डाइनाेसर जस्ता ठूला र शक्तिशालीजनावरहरु पृथ्वीबाट लाेप भएको थियोे । (पढ्नुहाेस्,२७ मंसिर,२०७७ कान्तिपुर दैनिकमा विकास वस्नेतद्वारालिखित जीव इतिहास – ढुङ्गामा लेखिएको मान्छेेकाे कथा)।

बीसौं शताब्दीकाेअबधिमा पृथ्वीमा भएको द्रुत औधाेगिक विकास तथा जनसंख्या वृद्धिले ल्याएको नकरात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरु बताउँछन।फलस्वरूप हाल पृथ्वीकाे वायुमण्डलकाे औसत तापक्रम तथाबर्षा बढ्दै गएका छन्। तर औ सत तापक्रम तथा बर्षा को सन्तुलन पृथ्वीमा विषम वन्दैगएकाे पाइन्छ । जलवायु परिवर्तन प्राकृतिक तथा मानव सृजित् कारणले हुने भएता पनि हाल भइरहेको जलवायु परिवर्तनकाे प्रमुख कारण मानव सृजित हाे।

जलवायु परिवर्तन कसरी हुन्छ ?

पृथ्वीले सूर्यबाट साैर्य विकिरणमार्फत् तापशक्ति प्राप्त गर्दछ।यही साैर्यविकिरणकाकारण पृथ्वीकाे वायुमण्डलकाे तापक्रम सन्तुलनमारहने गर्दछ।पृथ्वीले सूर्यबाट जति साैर्यविकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुन: अन्तरिक्षमा फिर्ता पठाउँछ,जसले गर्दा पृथ्वीकाे वायुमण्डलकाे तापक्रम स्थिर रहन्छ। तर कुनै कारणवस विकिरणकाे लेनदेनमा घटवड हुनगईअसन्तुलन हुन गएमा पृथ्वीकाे वायुमण्डलकाे तापक्रममा घटबड हुनगई जलवायुमा परिवर्तन आउँछ। हाल पृथ्वीले सूर्यबाट प्राप्त गर्ने विकिरण र यसले अन्तरिक्षमा फिर्ता पठाउने विकिरणकाे बीचमा हुने लेनदेनमा असन्तुलन भएकोले पृथ्वीकाे जलवायु मा परिवर्तन आएकाे हाे।

जलवायु परिवर्तन कसरी भइरहेको छ ?

पृथ्वीकाे वायुमण्डल नाइट्राेजन,अक्सिजन ,कार्बनडाइअक्साइड जस्ता ग्यासहरु मिलेर बनेकाे हुन्छ ।वायुमण्डलम यी सबै ग्यासहरु निश्चित मात्रामा वा अनुपातमा हुन्छन्। यी मध्ये कुनै ग्यासकाे बढी ताप सञ्चित गरेर राख्न सक्ने क्षमता हुन्छ भने कुनै काेकम।कारणवस उल्लेखित ग्यासकाेमात्रा वा अनुपातमा परिवर्तन भएमा वायुमण्डलले सञ्चय गर्ने ताप तथा तापक्रममा पनि परिवर्तन हुन्छ।जसले गर्दा समयकाे अन्तरालमा बिस्तारै जलवायु परिवर्तन हुन्छ ।

बीसौं शताब्दीमा संसारभर भएको औधाेगिक विकास तथा जनसंख्याकाे बृध्दिकाे क्रम सगै पृथ्वीकाे वायुमण्डलमा रहेको ग्यासमा पनि परिवर्तन भएको छ।तथ्यांक अनुसार वायुमण्डलमा कार्बनडाइअक्साइड,नाइट्रस अक्साइड,मिथेन जस्ता ग्यासकाे मात्रा बढेको छ। त्यही ग्यासले पृथ्वीबाट अन्तरिक्षमा फिर्ता हुने विकिरणलाई अवरुद्ध गर्दछन अर्थात आफैले साेसेर राख्छन् वा पृथ्वीतिर फर्काईदिन्छन्। जसले गर्दा पृथ्वीले प्राप्त गर्ने साैर्य विकिरणभन्दा अन्तरिक्षमा फिर्ता जाने विकिरण कम हुन्छ ।

यसै प्रकृियाले गर्दा पृथ्वीकाे वायुमण्डलकाे तापक्रम बिस्तारै बढदै गएको तथ्यांकले देखाएको छ। यसरी विकिरणकाे लेनदेनमा असन्तुलन पैदागरी जलवायुमा परिवर्तन ल्याउने ग्यासलाई हरितगृह ग्यास अर्थात अङ्ग्रेजीमा greenhouse Gas वा छाेटकरीमा GHG भनिन्छ ।

पृथ्वीकाे वायुमण्डलमा हरितगृह ग्यासकाे अवस्था के छ ?

सन् १९९२ मा ब्राजिलकाे रियो द जेनेइराे शहरमा विश्वशिखर सम्मेलन र सन् १९९७ मा जापानकाे क्याेटाे शहरमा भएको सम्मेलनले कार्बन अक्साइड (co2), नाइट्रसअक्साइड (N20) ,मिथेन,सल्फरडाइअक्साइड,पर फ्लाेराेकार्बन,हाइड्रो फ्लाेराे कार्बनस् सल्फर हेक्जाफ्लाेराइड् आदिलाई मुख्य हरितगृह ग्यासकाे समूहमा राखेकाे छ। हरितगृह ग्यासलाई कार्बन डाइअक्सनइडकाे आधारमा मापन गरिन्छ।

पृथ्वीकाे जलवायु परिवर्तनकाे अवस्था के छ ?

बितेको झण्डै १०० बर्षकाे अबधिमा विश्वकाे तापक्रम औसतमा ०.६ डिग्री सेल्सियसले बढेकाे छ।तर सन् १९५० यता तापक्रम बढ्ने गति प्रति दशक ०.२डिग्री सेल्सियस पुगेको पाइएकाे छ। बैज्ञानिक खाेजबाट औधाेगिक क्रान्तिपछि सन् २०२० सम्म कार्बन डाइअकसाइड ३० प्रतिशत ले र तापमान १ डिग्री सेल्सियासले बढेको पाइएकाे छ। साधारणतय भूमध्यरेखिय क्षेत्रमा तापक्रम कम गतिमाबढेकाे छ भने उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा छिटो गतिमा बढेको छ। हावाकाे बहाबमा पनि उल्लेख्या परिवर्तन भएको महसुस गरिएको छ। त्यस्तै पृथ्वीकाे औसत वर्षा पनि झण्डै वार्षिक ०.५ देखि१ प्रतिसतले बढेको पाइएको छ। भूमध्यरेखीय क्षेत्रमा औसत बर्षा धट्दै गएकाे र ध्रुवीय क्षेत्रमा बढ्दै भएको पाइएको छ।

जलवायु परिवर्तनबाट केकस्ता असरहरु परेका छन?

तापक्रमकाे बृध्दिले पृथ्वी काे ध्रुवीय क्षेत्रकाे हिउँकाे विशाल भण्डार पग्लिरहेकाे छ।त्यस्तै हिमाली भूभागमा अवस्थित् हिउँ पनि पग्लेर कम हदैछ।यसबाट पृथ्वीमा पानीकाे सन्तुलन बिग्रन गई सबै प्राणीहरुकाे जीवनमा नकारात्मक असर पर्ने अवस्था देखिन्छ ।हिउँ पग्लिएपछि समुन्द्रमा पानी काे मात्रा बढ्न गई समुन्द्र काे सतह बढेको छ। यसबाट समुन्द्रकाे तट तथा बीचमा अवस्थित टापुका बस्तीहरु डुबानमा पर्न सक्ने र समुन्द्री पानीकाे तापक्रम बढेकोले समुन्द्री तटकाे जैविक विविधतामा ह्रास आई त्यहाँकाे जनजीवनमा पर्ने देखिन्छ I

श्रोत : Bishow Gurung को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top