मानिसको अदृश्य शत्रु – ईच्छाधारी कोरोना I

http://www.dhampus.org

लेखक : बिश्वबहादुर गुरुङ
पोखरा-१ भिमकाली पाटन

हिजो आज संसार कोर‍ोनामय भएको छ।विश्व कोरोना भाईरसको कारणले स्वास्थ्य क्षेत्रमा ठूलो संकट उत्पन्न भएको छ। मानव समुदाय कोरोना महामारीबाट आक्रान्त भएको छ। कोभिड-१९ नामले परिचित यो भाईरस सन् २०१९ कोअन्त्यतिर चीनको ऊहान प्रान्तमा उत्पत्ति भई विश्वभरि फैलिएको हो । कोरोना भाईरस अति सकृय सरुवा रोग हो ।यो एक ब्याक्तिबाट अर्को ब्याक्तिमा छिटै संक्रमण हुन्छ ।

यस भाईरसको कारणबाट विश्वमा ३२ लाख भन्द बढी मानिसहरुको निधन भईसकेको छ ।बिशेषज्ञहरुका अनुसार कोरोना भाईरस सम्भावत् चमेरो ? बाट मानिसमा संक्रमण भएको अनुमान गरेका छन । कोरोना भाईरस मानिसको मुख्य गरी मुख र नाकबाट शरीरभित्र प्रवेश गरी श्वासनली र फोक्सोमा संक्रमण गर्दछ। स्वास्थ्य सम्वन्धि जटिल समस्य भएका मानिसहरुमा यो रोग संक्रमण भएमा उसलाई समय मै स्वास्थ्य संस्थामा पुर्‍याउन नसकिएमा केही हाप्ताभित्र बिरामीको निधन हुन्छ ।

100.4 F०भन्दबढि ज्वरो आउने ,खोकी लाग्ने र श्वास प्रश्वासमा समस्य हुने जस्ता लक्षणहरु क‍ोरोनाक‍‍‍ो लक्षण हुन । कोरोना भाईरस उत्पत्ति भएको झण्डै डेढ बर्षको अन्तरालमा यसले आफ्न‍ो मुल स्वरुपलाई भिन्न स्वरुपमा बिकास तथा परिवर्तित गर्दै मानवजातिका लागि जटिल समस्य उत्पन्न गरिसकेक‍ो छ। यस प्रकारले नयाँ स्वरुपमा परिवर्तन हुन सक्ने भाईरस भएको हुँदा यसलाई आज ईच्छाधारी कोरोना भनेर परिचित छ।

कोरोना भाईरसले मानव समाजमा ल्याएको यस्त‍ो अनाैठो संकटको समाधान गर्न महाशक्ति देशहरु समेत असफल देखिएक‍ छभने बिज्ञानले गरेका ठूला उपलब्धि लाई चुनाैति दिईरहेक‍ो छ। बिशेषज्ञहरुका भनाई अनुसार कोरोना भाईरस उत्पत्ति भएको शुरुका अवस्थामा यसले वृध्द,जटिल स्वास्थ समस्य भएका दीर्घ रोगीहरु र अशक्त मानिसमा बढी संक्रमित भएको देखिएको थियो । यस अवस्थामा यश भाईरसको क्षमता, संक्रमण दर र फैलावटका कारणले जति मानविय क्ष्यति पुगेक‍ो थिय‍‍‍‍ो,त्यसका आधारमा बैज्ञानिकहरुले कोरोनाक‍ो त्यस अवस्थालाई पहिल‍ो लहर भनेका छन् र यस अवस्थालाई क‍ोरोना भाईरसको पहिलो पु्स्ता मानेका छन् ।

गत केहि महिनादेखि बेलायत,द.अफ्रिका, ब्राजिल त्यसपछि हाल भारतमा नयाँ परिवर्तित कोरोना भाईरस देखिय‍ो।अध्ययनबाट यी नयाँ स्वरुपका भाईरस पहिलो क‍ोरोनाभन्द धेरै विकसित, शक्तिशाली र छिट‍‍ो संक्रमण गर्ने विषेशता भएको देखिएको छ।पहिलो भाईरसको तुलनामा य‍‍‍ो भाईरस१५ गुण बढिले संक्रमण क्षमताको प्रमाणित भएक‍ो छ।रोचक बिषय के छ भने विशेष गरि युवा पुस्तामा सुरक्षित मानिएको यस भाईरस हालक‍ो दिनमा युवा पुस्ता समेत नराम्ररी प्रभावित देखिन्छ । फलस्वरूप मृत्युदर धेरै बढेक‍‍ो छ।बिशेषज्ञहरुले यो नयाँ स्वरुपक‍‍ो भाईरसले पुर्याएक‍ो असरका अाधारमा हालकोअवस्थालाई द‍ोस्र‍‍ो लहर वताएका छन र यस नयाँ स्वरुपक‍ो भाईरसलाई दोस्रो पुस्ताक‍ो संज्ञा दिएका छन् ।

बिशेषज्ञ तथा बिश्लेषकहरुले अब ढिलो चाँडो क‍ोरोनाको तेस्रो लहर आउनेवाला छ जसले सबै उमेर समूहका मानिसमा यसले संक्रमण गर्ने छ त्यसका कारणले अकल्पनीय मानविय क्ष्यति हुन सक्तछ। सायद यहिअवस्थाक‍‍ो अदृश्य मानव शत्रु ईच्छाधारी कोरोनाक‍ो तेस्रो पुस्ता हुनेछ ।

क‍भिड-१९ क‍ो डरलाग्दो प्रकोप २१ औ शताब्दिको मानिसले भोगेको एउटा ठूलो त्रासदी ह‍ो। कोरोना भाईरसको संक्रमण र यसले मानव जातिमा पुर्याएको गम्भीरअसरलाई ध्यानमा राखेर यसक‍ो नियन्त्रण,रोकथाम र उपचारमा बैज्ञानिकहरुलेअनुसंधान गरिरहेका छन। अमेरिका, बेलायत,रुस र चीनले बिकास गरि प्रयोगमा ल्याईएका खोप ( ब्याक्सिन) को निरीक्षण भईरहेको छ र यस भाईरसबाट बच्नका लागि केही भरपर्दाे बैज्ञानिक बिधि र उपायहरुअबलम्वन गरिदै छ जसले कोरोना संक्रमण नियन्त्रणमा राम्र‍ो काम गरेक‍ो पाईएको छ।

मेडिकल मास्कको प्रयोग,भाैतिक दुरी राख्ने ,साबुन पानीले हातधुने,स्यानिटाइजरको प्रयोग,रोग प्रतिरोधात्मक क्षमताका लागि नियमित व्यायम ,सन्तुलित खानाका साथै बिज्ञहरुले दिएका स्वास्थ्य सम्बन्धि नियम नियमित कडाईका साथ पालान गर्ने गरिएमा यसबाट हुने क्ष्यतिलाई न्युनिकरण गर्न सकिन्छ ।तर कोरोना जस्तो खतरानक रोगलाई निर्मुलका लागि भरपर्दाे खोप र राम्रा औषधिको बिकास जरुरी छ।

अर्को महत्त्वपूर्ण बिषय हो,यो महामारीको बिरुध्द सबै रास्ट्र,सबै सरकार र सम्पूर्ण जनसमुदय एकजूट भई राम्रो संयन्त्र तयार गरि कोरोना निर्मुल गर्नका लागि अगाडि बड्नुक‍ो बिकल्प नै छैन।

( कोभिड-१९ महामारीबाट मृत्युवरण गरेका संसारका सबै मृतकहरुका अात्म को चिरशान्तिको कामना सहित भावपूर्ण श्रध्दाञजली।)

श्रोत : Bishow Gurung को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top