रचना : दिपक गुरुङ, स्याउली बजार, लम्जुङ
घर छाडेर
परदेश
लाहुर हिडेको
मान्छे म
धन कमाउने सुरमा
आफै भित्र
बेसुर पो भएछु
हिजो विदेश
मन भरिको एउटा रहर
भाथ्यो
आज भने
उहि आफ्नै स्वदेश
फर्कने नै ठुलो सपना
अनि त
म फर्की आए
आफ्नै भुमिमा
ए! मान्छे हरु
रहर कस्को हुन्छ र
बाकसमा सुतेर फर्कने
त्यसैले म फर्केको थिए
मेरो आफ्नै भनेको देश
आफन्त सोचेको यो परिबेश
तर सोच्दा लाग्छ
बरु
बिदेशमा नै बसे बाच्थे होला
तर देश को माटो
सम्झिए
आमा बाबा इस्ट्मित्र
घर सम्झिए
आए फर्की धन हैन एक मुठ्ठी सास बोकि
तर भाग्य ले ठग्यो
उठायो मेरो संसार
लागे म
स्वर्ग तर्फको यात्रामा
छाडी यो धर्ती
तिम्रो नै हातमा
अनि देखे
RIP
रिप लेख्यौ तिमिले
कति सजिलै भन्यौ
स्वर्ग मा बास होस
तर
यहा मानबता हराएको छ
डर ले मुटु भरेको छ
थाह छ कात्रोमा खल्ती हुदैन
मरि लानु केहि छैन
त्यै पनि
मान्छे आफु मात्र बाच्ने सुरमा
म जिवित हुदा नडराएको त्यो हुल
आज खै म मरे पछि पो तर्सेको छ्न
नदिने रे मलाइ धर्तीमा सामेल हुन
तिनि हरुको गाउँमा
अफ्सोच
कहाँ खोज्न जाउ अव म
मरे पछि गाडियोस सजिलै
विना रोक टोक मलाइ भनी
नराखेको किनेर त्यो
नभाको जग्गा मेरो नाउँमा
मरे म
हो मैले नै हारे
तर चिम्लेर आखा अझै नि हेर्नुपर्ने
उफ्फ
तिमीहरू र त्यो सुरक्षाको लडाइँ
मेरो अस्तित्व नै मेटेपछि
नाम वाट केवल लास बनेको छु
खै किन डराउछौ अव पो
जिवित भए
सायद म मानव नै हुन्थे
कि त तिमि जस्तै मानवरुपि दानव
मरेको यो मुटु नि
फेरि छिया छिया भाको छ
नदिएर मलाइ
त्यो मेरै देश को माटो मा सामेल हुन
त्यही खोला वगर मा सुस्ताउन
उफ्फ खै किन
कति सजिलै
RIP
रिप लेख्यौ
तर गाह्राे गाह्राे रैछ
स्वर्गमा बास हुन।
श्रोत : Deepak Gurung को फेसबुक
