मध्य नेपाल नगर पालिका-८ र बेसीशहर–५ को सिमानामा पर्ने लाङ्दी गाउँ नजिकै पर्ने ऐतिहासिक लाङ्दी देबी मन्दिर धार्मिक दृस्टीकोणले अत्यन्त महत्वपुर्ण मन्दिर रहेको छ। विशेष गरेर पंचमी मा पुजा गरिने यस मन्दिरमा अन्यदिनहरुमा पनि श्रदालुभक्तजन हरुको आवतजावत भइ नै रहन्छ। यस मन्दिरमा भाकल गरेर पुजा आज गरे मनले चिताएको पुराहुने जनमानसमा विस्वास रहीआएको छ।
वर्ष भरिको अन्य महिनाहरु भन्दा कार्तिक, मग्सिर, पौष र माघ महिनामा पन्चवली पुजा को निम्ति धेरैनै घुइचो लाग्ने गर्दछ। यस किसिमको पुजामा पाडो, कुखुरा, हास, परेवा र बोका को वली दिने चलन छ। पन्चेवाजा को गाजावाजाको टोलिसहित मन्दिर सम्म पुग्ने को लस्कर र पुजा पश्चात गरिने रमाइलो नाच गान तथा खान पिन ले छुट्टै मिठो आभास दिलाउने गर्दछ।
मन्दिर परिसर भन्दा थोरै नजिक लाङ्दी गाउँ अवस्थित छ, करिब १० घर धुरी भएको यो सानो गाउमा गुरुङ, दुरा र दलितहरु बसोबास गर्दछन्। सोहि गाउँ नजिकै मन्दिर तर्फ उकाल्ने बाटैमा पुजा पश्चात रमाइलो नाच गान र खान पिन को लागि भनेर केहि टिन ले छाएको ट्रसहरु बनेको छन्। मिदिम खोलाको आडैमा एक खुला ठाउँमा बनेको यस ट्रसहरुमा पकाउनको निम्ति आवस्यक चुलोहरु र खानपिन को लागि बसेर खानाको निम्ति राम्रो ठाउँहरु बनेका छन्।
पुजाआज को निम्ति आउने मान्छेहरुको भिड बाहेक छुट्टीको समयमा पिकनिक खानेहरुको पनि घुइचो लाग्ने गरेको यस क्षेत्रमा भने फोहोर मैलाको उचित ब्यबस्थापनको निम्ति भने धेरै गर्नु र सोच्नु पर्ने देखिएकोले हालै मात्र मध्य नेपाल नगर पालिका-८ र बेसीशहर नगरपालिका–५ का ६ जना युवाहरु मिलेर ७ थान डस्ट्बिन लाङ्दी देबी विकास तथा संरक्षण कोषका अध्यक्ष मेघराज गुरुङलाइ हस्तान्तरण गरेका छन्।
युवाहरु सन्तोष गुरुङ, कर्ण गुरुङ, नवराज लामिछाने, दुर्गा नेपाली, बिशाल नेपाली र सुनिल दुरा द्वारा नगद पन्ध्र हजार लागत खर्चमा ७ थान डस्टबिन किनेर मन्दिरको निम्ति प्रदान गरेकाछन्। बढ्दै गएको फोहोर ब्यबस्थापनको निम्ति र जथाभाबी फ्याकिएको फोहोर द्वारा प्रदुषण नहोस भन्ने हेतुले हामीले पहिलो प्रयास भनि यो सहयोग गरेको भन्ने जानकारी युवा सन्तोष गुरुङले हामीलाई जानकारी दिएका थिए।
मन्दिर भएको भिरमा पनि श्रदालु भक्तजन हरु द्वारा पुजा गरे पश्चात भिरमा नै ध्वजापत्ता र प्लास्टिक जन्य फोहोर हरु फ्याक्ने कार्य गरिएको देखिएको र रुख साथै भिरमा फोहोर हरु अड्किएको हुनाले मन्दिर परिसरमा प्रदुषण फैलिदै गएकोले यथाशिघ्र यस तर्फ पनि सबैको ध्यान जानु पर्ने देखिएको छ।
युवा हरु द्वारा प्रदान गरिएको ७ थान डस्टबिन भने लाङ्दी देबी को पुजा पश्चात खानपिन र रमाइलोको लागि प्रयोगहुने ट्रसहरुको वरपर राखिएको छ। सो कार्य द्वारा त्यस ठाउँको सरसफाईमा केहि भने पनि थप सहयोग पुग्ने आशा सहित आगामी दिनहरुमा पनि युवाहरु मिलि थप अन्य सामाजिक विकासका कामहरु गर्ने जानकारी पनि युवाहरुले दिएका थिए।
श्रोत : Deepak Gurung को फेसबुक

