चैत मसान्तसम्म शैक्षिक संस्था बन्द हुने, एसइई परीक्षा नरोकिने

http://www.dhampus.org/

काठमाडौं – सरकारले माध्यमिक तथा विश्वविद्यालयहरूका पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको संयोजकत्वमा रहेको कोभिड–१९ जोखिम नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समन्वय समितिले बुधबार चैत मसान्तसम्मका लागि कुनै पनि शैक्षिक संस्थामा पठनपठान नगर्ने निर्णय गरेको हो। यद्यपी, चैत ६ गतेदेखि सञ्चालन हुने एसइई परीक्षा नरोकिने समेत जानकारी दिइएको छ।

समितिले परीक्षालाई व्यवस्थित बनाउनका लागि सबै परीक्षा केन्द्रहरूमा ‘हेल्थ डेस्क’ स्थापना गरी सुरक्षित एवं व्यवस्थित रूपमा सम्पन्न गराउन समेत निर्देशन दिएको छ।

समितिले निर्णय गरेको नं १२  बुँदामा भनिएको छ, ‘चैत ६ गतेदेखि सञ्चालन हुन गईरहेको एसइईको परीक्षा प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहित हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रूपमा सम्पन्न गर्ने। तर बाल विकास केद्र, आधारभूत तथा माध्यमिक विद्यालयहरू र विश्वविद्यालहरुका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने।’

श्रोत : नागरिकन्युज डटकम


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top