पूर्व सांसद मेजर दिपकबहादुर गुरुङ निधन, देउवाद्वारा दुःख व्यक्त

http://www.dhampus.org/

काठमाडौं । नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको शुक्रबार दिउँसो निधन भएको छ । दिउसो  २ः३० बजे काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कास्कीको नार्माजुन गाविस–३ मा जन्मएका स्वर्गीय गुरुङ व्रिटिश आर्मीबाट रिटायर्ड मेजर हुन् । उनले तत्कालीन समयमा बेलायतकी महारानी एलिजावेथ द्वितीयको सेरेमोनियल एडीसीको रुपमा समेत कार्य गर्नुका साथै लामो सैनिक जीवनपछि भूपू सैनिक समुदाय र जनताको सेवामा समर्पित भएर उल्लेखनीय काम गरेका थिए ।

व्रिटिश गोर्खाको समान पेन्सनको आन्दोलन तथा गोर्खालीले पु¥याएको योगदान र वलिदनको कदर गर्दै आवासीय भिसाका लागि गरिएको आन्दोलनहरुको उनली एक नेतृत्वकर्ता थिए । स्वर्गीय गुरुङ काँग्रेस निकट नेपाल भूतपूर्व सैनिक संघको तीन कार्यकालसम्म अध्यक्ष भएका थिए । उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरु तथा पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गरेको पौडेलले बताए ।

उनको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । 

सभापति देउवाले, “नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएका मेजर दिपकबहादुर गुरुङको निधनबाट नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको छ ।” 

 देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे उनको पार्थिव शरीरलाई आजै साँझ ६ः३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । 

श्रोत : राताेपाटी डटकम


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top