कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरो जाँदा ३ जनाको ज्यान गयो

http://www.dhampus.org/

श्याम राना मगर, राताेपाटी, साउन २, २०७७

पोखरा । कास्कीमा पहिरो जाँदा तीन जनाको ज्यान गएको छ । जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुखमा गए राती पहिरो जाँदा ३ जनाले ज्यान गुमाएका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार प्रेमराज विकको घरमा पहिरो खस्दा ३ जनाको ज्यान गएको हो । उनका अनुसार पहिरोले प्रेमराजको माइलो छोराको छोरा १६ वर्षीय नाती कुशल विक, १६ वर्षकी नातिनी रोजिना विक र १४ वर्षीय नाती समिर विककको ज्यान गएको छ । 

अर्को कोठामा सुतेका प्रेमराजको दम्पती भने सकुशल नै छन् । पहिरोमा पुरिएका तीनै जनाको शव निकालिएको उनले जानकारी दिए ।
श्रोत : राताेपाटी डटकम


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top