मिलन तमु I
गिल्डफोर्ड- सेप्टेम्बर १ तारीख,साहरा युकेका अध्यक्ष कुमार गुरुङको पिता सार्जन्ट काजीमान गुरुङको पार्थिक शरीरलाई लन्डन देखि करिब पचास माईल दक्षिण पश्चिममा पर्ने गिल्डफोर्ड क्रिमेटोरियममा बौद्ध धर्मनुसार अन्त्येष्ति गरिएको छ।
करोना कहरका कारण सरकारले तोकिएको संख्या मात्र उपस्थित भएका थिए।आफ्नै परिवार,नजीकका आफन्तजन र धर्म गुरु गरि जम्मा १९ जनाको उपस्थिती रहेको थियो।छोरा कुमार गुरुङ युकेका धेरै सामजिक संस्थाहरुमा सक्रिय आबद्ध भएर होला ब्यक्तिगत तवरमा उपस्थित हुन नपाए पनि सँघ संस्थाहरु र नम्बरीबाट फूलका थुप्रै गुच्छाहरु अन्तिम श्रदाञ्जली स्वरुप उपलब्ध भएको थियो।
सामजिक दुरीलाई मध्य नजर राख्दै उपस्थित सबै जनाले शान्त वातावरणमा स्वा. गुरुङ प्रति अन्तिम श्रदाञ्जली अर्पन गरे।
श्रोत : Milan Tamu को फेसबुक वाल
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …






































