रचना : दिपक गुरुङ, स्याउली बजार, लम्जुङ
खोक्रो शहर देखि केही टाढाको दुनियाँमा
अचेल चिलाउनेको फुल गुलाफ झै देख्दैछु
चौतारिमा आसिको चुच्चोले ढुंगा मा खोपर
आखिर जिन्दगीको वास्तविक अर्थ लेख्दैछु
साँच्चै मिनरलवाटरले मेरो आत कत्ति रम्थेन
अचेल मुलको पानी अन्जुलिमा थापी पिउदैछु
मनै हरर अनि तनै हरर नहोस पनि कसरी र
आफ्नै वनपाखा,खेतबारी अनि आफ्नो पन
मानवताहिन अनि पैसामुखी बस्ती भन्दा पर
अचेल प्राण भन्दा प्यारो मेरै गाउँमा जिउदैछु।
श्रोत : Deepak Gurung को फेसबुक
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
