म परदेश हिँडेको रात

http://www.dhampus.org

Roshni Gurung

म परदेश हिँडेको रात
तिम्रो आँखाबाट
झरेको झरीले
निथ्रुकै भिजेको चोली
सुक्यो कि
सुकेन प्रिय ?

खैं म त
रहरले भनौं कि कहरले
परदेशको बिरानो भूमिमा
गाउँघरमा फक्रदै गरेको बैँसलाई
सम्झेर उठ्नै नसक्ने गरि डुबेको छु

अर्को महिना
तिमीलाई अलिकति पैसा पठाउछु
थोरै धनवीर ‘बा’ को ऋण तिर्नु
अलिकति घरको नुन तेल किन्नु

अनि
बचेको केही पैसाले
तिम्रो चोली फेर्नु

किनकि
मलाई थाहा छ
हरेक रात
मेरो यादमा बगेको
तिम्रो आँखाको पानीले
तिम्रा आङ ढाक्ने चोली भिजेर
मक्किएको छ


हरेक दिन मक्किदै गएको
तिम्रो चोली जस्तै

यता
परदेशमा यो मन पनि
तिम्रो यादले
भत्किदै गएको छ प्रिय ।

श्रोत : Roshni Gurung को फेसबुक वाल


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top