मुक्तक

http://www.dhampus.org/

रचना : चाह्क्ली तमू , पोखरा I

सललल मैतिर सल्किने मायालाई छिनछिनै आँखैमा झल्किने मायालाई मुटुमा राखेँ कसैले देखेनन् के गरूँकहाँ राखुँ हिरा झैं टल्किने मायालाई।

जमानामा लेखियो पढियो ढिब्री बालेरआँखाले आँखालाई हेरियो ढिब्री बालेरसंसारै अध्याँरो लाग्थ्यो ढिब्री नभए त्यहाँमायाले मायालाई बेरियो ढिब्री बालेर।

आफैले चुनेका आफ्नै नेतालाई मान्दैनन् कठैआफूभन्दा अरू कसैलाई मान्नै जान्दैनन् कठैमै खाऊँ मै लाऊँ गर्दागर्दै खौलामा पुगिसकेभो गतिछाडा भइसके भएकै ठान्दैनन् कठै।

अर्काले खाएको देखे आँखा तर्छन् स्यालहरूखानैका लागि लड्दालड्दै तीं मर्छन् स्यालहरू नयाँ के गर्न सक्थे यस्तायस्ता खाइमाराले बाघको छालामा रजाइँ गर्छन् ती स्यालहरू।

श्रोत : Chahkli Tamu को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top