माछापुच्छ्रे गाँउपालिकाको पछिल्लो गतिविधीको विरोध गर्दैै नेपाली कांग्रेस, माछापुच्छ्रे गाँउपालिका कार्य समितीले गाँउपालिका अध्यक्ष कर्ण बहादुर गुरुङलाई ज्ञापन पत्र बुझाए

http://www.dhampus.org/

कास्की । माछापुच्छ्रे गाँउपालिकाको पछिल्लो गतिविधीको विरोध गर्दैै नेपाली कांग्रेस, माछापुच्छ्रे गाँउपालिका कार्य समितीले गाँउपालिका अध्यक्ष कर्ण बहादुर गुरुङलाई ज्ञापन पत्र बुझाएको छ I गाँउपालिकामा हुने गरेका विकाश निर्माणको काममा सरोकारवाला निकायहरुसंग सल्लाह नगरी काम गरेको प्रति असन्तुष्टी जनाउदै मंगलाबार गाँउपालिका अध्यक्ष गुरुङलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

बहुमतको दम्भमा कुनै पनि राजनैतिक दल, सामाजिक संघसंस्था, समाजसेवी, विकाशप्रेमी तथा सचेत नागरिकको सल्लाह र सहमती विना नै भौतिक तथा प्रशानिक गतिविधी प्रति विरोध जनाउदै माछापुच्छ्रे गाउँपालिका सभापति मधुसुुधन अधिकारी र स्थानीय तह समन्वय विभाग केन्द्रीय सदस्य टेकनशोभा गुरुङले ज्ञापनपत्र बुझाउनुभएको हो I

ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले नेपाली कांग्रेसले बुझाएको ९ बुँदे सुझावलाई अत्यन्तै सरहानिय ठानेको जानकारी दिनुभयो । समग्र गाउँपालिकाको उन्नतिका लागि सबै राजनीतिक दल एक भएर अगाडि बढनुको विकल्प नरहेको पनि उहाँले बताउनुभयो ।

९ बुँदे ज्ञापन–पत्रमा भएका बुँदाहरु अक्षरस पालना नभए थप विरोधका कार्यक्रमहरु अगाडी बढाउदै जाने सचिव राजेन्द्र क्षेत्री जानकारी दिनुभयो । ज्ञापन–पत्रमा कोरोना नियन्त्रणको विषयमा सल्लाहगरि योजना बनाउनुपर्ने, कोरोना नियन्त्रणको लागि विनियोजित रकमको कार्यान्वयन गरि कन्ट्याक टे«सिङ र स्वाव संकलनलाई व्यवस्थीत बनाईनुपर्ने, पूर्व सुचना नदिई उपभोक्ता समिती गठन गरेको, भुकम्पबाट क्षती भएको घरको पुनः निर्माणको रकममा ढिला सुस्ती भएको, सामाजिक सुरक्षा भत्ता काटिएको, योजना अनुगमन तथा मूल्याङ्कन समितीको प्रतिवेदन र गाँउपालिकाको लेखा परिक्षण प्रतिवेदन सार्वजनिक नगरेको लगाएतको बुँदा समेटिएको सचिव क्षेत्रीले जानकारी दिनुभयो ।


ज्ञापन–पत्र बुझाउने कार्यक्रममा स्थानीय तह समन्वय विभाग केन्द्रीय सदस्य टेकनशोभा गुरुङ, जिल्ला सदस्य जुना क्षेत्री, युवा नेता मेख तामाङ, क्षेत्रीय सहसचिव राजाराम पौडेल, माछापुच्छ्रे गाउँपालिका १ देखि ९ सम्मका नेपाली कांग्रेसका ईकाइ सभापतिहरु, तरुल दल, महिला सघ, दलित संघ गरी ५० जना बढीको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रमको संचालन सचिव राजेन्द्र क्षेत्रीले गर्नभएको थियो ।

श्रोत : सेन्टर नेपाल न्युज


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …

Scroll to Top