Treasurer’s Message Buddha Foundation, Kaski, Nepal

http://www.dhampus.org

नमस्कार ,konichewa!!

हामी buddha foundation kaski Nepal का पदाधिकारी तथा सदस्यहरु सञ्चै छाै।

त्यहाँ Buddha foundation Japanकाे पदाधिकारी तथा सदस्य जीहरुमा पनि अरोग्यताकाे कामना गर्दछु। लामो समयकाे अन्तरालमा BFJ.का आदरणीय बर्तमन अध्यक्ष तथा पूर्व अध्यक्षहरु र सम्पूर्ण सदस्यहरुसंग सामाजिक संजाल मार्फत जोडिन पाउँदा खुशी लागेको छ।

नेपाल र जापानकाे सम्बन्ध दुई देशका सरकारका बीचमा मात्रै सिमित छैन ।हाम्रो दुई देशको सम्बन्ध ऐतिहासिक कालदेखि जनस्तरमा समेत सुमधुर रहिआएको छ।संयाेगले यस बीचमा BFJ.र HBF Nepal काे बीचको सहकार्यमा बिशेष गरि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा आर्थिक सहायोग प्राप्त भई मिलेर काम गर्न पाउँदा हामी धेरै खुशी छाै र नेपालीहरुका तर्फबाट धन्यवाद दिन चाहान्छाै।

हाल BFJ काे आर्थिक सहयोगमा Buddha children mobile library नेपालकाे कास्की जिल्लामा संचालन भइरहेको छ ।तर,झन्डै दुई बर्षदेखि संसार भरि फैलिएको Covid-19 महामारीकाे कारणले यश कार्यक्रमलाई राम्रोसंग संचालन गर्न बाध भइरहेको छ।जसका कारणले BFJका सदस्यहरु नेपाल आउन सकिरहेको छैन ।

अर्को बिषय BFJ काे आर्थिक सहयोगमा संचालित Buddha children mobile library योजनाकाे यो अन्तिम साल पनि भएको ले यस कार्यक्रमलाई निरन्तर कसरी लैजाने भन्ने महत्त्वपूर्ण विषय पनि रहेकाे छ।यस विषयमा HBF kaski ले आफ्नो निर्णय गरि छिटैBuddha Foundation Japan लाई पठाउने समेत जानकारी गराउँदा छु।

अन्त्यमा ,हालका लागि काेरोना भाईरसकाे महामारी संसारभरि फैलिएर त्यसबाट शृर्जित मानवीय तथा आर्थिक संकटसंग मिलेर लड्नका लागि तपाई र हाम्रो सम्बन्ध लाई अझै वलियाेसंग भविष्यसम्मका लागि कायम राख्नु पर्ने आबश्यकता छ।हाम्रा वीचकाे असल सम्वन्धलाई दिगो राखाैभन्ने शुभेच्छ सहित तपाईंहरु सबै काे सुस्वास्थ दीर्घायू तथा प्रगतिकाे कामना गर्दछु ।

तपाईंहरु र हाम्रा सम्बन्ध चिरायू रहुन्।

बिश्व बहादुर गुरुङ

काेषाध्यक्ष

श्रोत : Bishow Gurung को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top