रचना : दिपक गुरुङ, स्याउली बजार, लम्जुङ
यो भने मेरा सम्पूर्ण टुप्पी कसेर पढ्ने, चिट चोर्ने नचोर्ने साथीहरु प्रति समर्प्रित है… ![]()
“टि. यु. को ट्रान्सक्रिप्ट “
खै के गर्यौ कुन्नि तिमीले I
मैले भने यो लकडाउनमा एस. एल. सी. को भनु या फलामे ढोकाको I
त्यो सर्टिफिकेट र मार्कसिट विद्या कसम मैले १० पटक दोहोर्याएर हेरे I
अनि पढ्न त आम्ममा पढ्या हो नि साथी I
कक्षा ११ र १२ को त्यो छ नि I
एउटा मात्र स्टार लाको एच. एस. इ. बि. बोर्डको ट्रान्सक्रिप्ट I
त्यो पनि त्यसै गरि बाह्रा पटक मुन्टो बटारेर हेरे I
अनि व्याचलरको त्यो अर्को ट्रान्सक्रिप्ट I
व्याचलर पढ्दै गर्दा गाउँ जादा बुढी आमाले कति पढिस बाबु भन्दा I
आमालाई १५ किलास भन्दिन्थे I
त्यसलाई नि पन्ध्र पटक पल्टाई पल्टाई हेरे I
लकडाउनमा गोजी र पैसाको तालमेल नमिलेको देख्दा I
डिग्रि पढेर त्यो प्राप्त अर्को डिग्रीको ट्रान्सक्रिप्ट लाइ अहो!
यो त डिग्रिको प्रमाण पत्र पो भन्दै ३६० डिग्रिमा घुमेको I
यो मेरो मस्तिस्कलाइ ट्रान्सक्रिप्टमा चम्केका केहि थान देखिएको त्यो ताराहरु झैँ आखा तिर्मिराए पछि खै!
जावो यो प्रमाणपत्र ले के गर्यो र भन्दै त्यो पनि घुमाई घुमाई डिग्रि नापी नापी हेरे धिक्कार लाग्यो I
लकडाउन यो डिग्रि अनिमेरा भोको भुडिका किस्साहरु देखि अनि I
क्याम्पस पढ्न डेरामा आउदा वखत कै पुरानो थोत्रो I
त्यै खिया लागेको टिनको बकासमा आमाले दिनु भएको I
त्यहि प्यारो एउटा पछ्यौराको विचमा सबै ति कागजहरु फेरी कोच्दै हेरे अनि आफै संग खिस्स हासे I
लकडाउन भन्दा मात्र केहि दिन अगाडी बनेको त्यो भिजा विहिन भर्जिन हरियो नया पासपोर्ट र भित्तामा ग्र्याजुएसन गर्दा उफ्रदै आकाश तर्फ उडाकोत्यो कालो टोपीकोत्यो मलाई नै गिज्याए झैँ लाग्ने I
फोटो लाइ हेर्दै थुईक्क तेरो जिन्दगीभन्दै पुन आज नमज्जाले रिस फेरेपुन: धित मरुन्जेल रिस फेरे I
श्रोत : Deepak Gurung को फेसबुक
