तमु धिं नेपाल र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद एकता हुने I

http://www.dhampus.org

नेपालमा क्रियाशिल सामाजिक दुई तमु(गुरुङ) संस्था एकताबद्ध हुने भएको छ।पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारमा कार्यालय रहेको तमुहरुको अग्रणी तथा मातृसंस्था तमु धिं नेपाल र काठमाडौं मित्रनगरमा कार्यालय रहेको तमुहरुको अगुवा संस्था तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद एकिकृत हुने विहिवार सहमति भएको हो। 

तमु धिं नेपालका तर्फबाट अध्यक्ष हुमबहादुर गुरुङको संयोजकत्वमा गठित ९ सदस्यीय वार्ता समिति र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका उपमहासचिव मनोज गुरुङको संयोजकत्वमा गठित ७ सदस्यीय वार्ता समितिको पोखरामा सम्पन्न वार्ताले तमुहरुको एकता आवाश्यकता मात्र नभई अनिवार्यता भएको भन्दै एकता गर्ने सहमति गरेको हो। 
विश्वभरका तमुहरुलाई एकतावद्ध बनाउने लक्ष्यका साथ आगामी दुई कार्यकाल एकिकृत संस्थाको नेतृत्व आलोपालो नेतृत्व गर्ने, आवद्ध संस्था समाजहरुको सम्पत्ति स्वायत्त रहने, एकता महाधिवेशनमा आवद्ध क्षेत्रिय समाजहरुबाट प्रतिनीधित्वको सुनिश्चित गर्ने र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको यही चैत्र २७ र २८ गते चितवनमा हुने चौथो राष्ट्रिय महाधिवेशन हाललाई स्थगित गर्न आग्रह गर्ने वार्ता समितिले निर्णय गरेको छ।  

एकतालाई निष्कर्षमा पुर्याउन एकिकृत संस्थाको नाम र झण्डालाई चैत्र २७ गते पोखरामा हुने अर्को वार्तामा टुंगो लगाउने समितिले निर्णय गरेको छ। 

वार्तामा सहभागी जेष्ठ व्यक्तित्व, समाजसेवी, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका तमुवान प्रदेश प्रमुख दलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा तमु धिं नेपालका अध्यक्ष एवम वार्ता समिति संयोजक हुमबहादुर गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका उपमहासचिव एवम वार्ता समितिका संयोजक मनोज गुरुङ, तमु धिं नेपालका तर्फबाट वार्तामा वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्ष गीमाया गुरुङ, द्धितिय उपाध्यक्ष नारायण गुरुङ, सहसचिव मेनकाजी गुरुङ, कोषाध्यक्ष गमबहादुर गुरुङ, सदस्य गोपाल गुरुङ, कृष्णकुमार गुरुङ र युवा संयोजक रमेश गुरुङ सहभागी रहनुभएको थियो भने तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका तर्फबाट वार्तामा उपमहासचिव राजु गुरुङ, सचिव लक्ष्मण गुरुङ, सचिवालय सदस्य दिल गुरुङ, केन्द्रिय सदस्यद्धय चेतबहादुर गुरुङ बिष्णु गुुरुङ सहभागी रहनुभएको थियो। 

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद र तमु धिं नेपालको एकताले विश्वभरका तमुहरुको एकतावद्धता, शक्ति आर्जन, अधिकार सुनिश्चिता र पहिचान स्थापित गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ। 

हाल तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको अध्यक्ष रेशम गुरुङ र तमु धिं नेपालको अध्यक्ष हुमबहादुर गुरुङ रहनुभएको छ।

श्रोत :  गोर्खाली रेडियो 


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
घट्टेखोला धम्पुस खानिगाउँ हुदै ल्वाङ भाङ्खोला मोटर
घट्टेखोला धम्पुस खानिगाउँ हुदै ल्वाङ भाङ्खोला मोटर बाटोको सार्वजनिक सुनुवाई कार्यक्रम बारेमा …
प्रारम्भिक साधारण सभा
प्रारम्भिक साधारण सभामा सम्पूर्ण शेयर सदस्य हरु लाई यहाँहरुको गरिमामय उपस्थितिका का …


 

Scroll to Top