धम्पुस पक्की बाटो निर्माण सम्वन्धि

यही २०७८/०८/२५ गतेका दिनमा धम्पुसको कच्ची मोटर बाटोलाई पक्की बाटो निर्माण गर्ने अभियानको क्रममा जनता समाजवादी पार्टीका सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ ज्यू,विश्व बैकद्वारा नेपालमा संचालित डोलिडर आयोजनाकाे प्रदेश प्रमुख कुमार थापा ज्यू,जनता समाजवादी पार्टीका प्रदेश इन्चार्ज गणेशमान गुरुङ ज्यू,माछापुच्छ्रे -७ धम्पुसको वडा अध्यक्ष सोमबहादुर गुरुङ ,पूर्व गा. वि. स. अध्यक्ष दलबहादुर गुरुङ ,मोटर बाटो उपभोक्त समितिका सचिव प्रकाश गुरुङ ,मोटर बाटो निर्माण आयोजना – सहयोग समिति संयोजक जगनबहादुर गुरुङ ,कार्यवाहक कोषाध्यक्ष बिश्वबहादुर गुरुङ,सदस्य प्रेमबहादुर गुरुङ र विभिन्न पार्टी प्रतिनिधि ,समाजसेवी तथा स्थानीय जनताहरुका उपस्थितिमा वहाँलाई धम्पुसमा भव्य स्वागत गर्दै धट्टेखोलादेखि देउराली ,नयाँ चैातारी र लेककुना खानीगाउँसम्मका बाटाहरुका अवलोकन निरीक्षण गराउने कार्य सम्पन्न गर्याै।

बेलुका -धम्पुस हालिडे होम्स- मा अयोजित कार्यक्रममा सहभागि जनप्रतिनिधि ,बाटो निर्माण समिति,बाटो निर्माण आयोजना तथा स्थानीय हरुका तर्फबाट पक्की बाटो निर्माणकाे लागि माननीय मन्त्री ज्यूलाई अनुरोध गर्याै। डोलिडर आयोजनाकाे प्रदेश प्रमुख कुमार थापा ज्यूले धट्टेखोलादेखि खानीगाउँसम्मकाे १३.७ कि. मी. लम्बाई रहेको यस बाटोको डि. पि. आर. सम्पन्न भइसकेको लामो समय वितिसक्दा पनि संघ वा प्रदेश कुन सरकारले यस आयोजना संचालन गर्ने विषयमा निर्णय हुन नसक्दा आयोजनाकाे काममा ढिलाइ भइरहेको बिषयलाई मन्त्री ज्यु समक्ष राख्नुभएको थियोे ।

धम्पुसकाे पक्की मोटर बाटो सम्वन्धि सम्पूर्ण समस्याहरु सुनिसके पश्यात् माननीय मन्त्री ज्यूले हाल देखिएको सम्पूर्ण समस्याहरुका उचित सम्बोधन गरि यस बाटोलाई छिटो सम्पन्न गर्नका लागि आफू निरन्तर लाग्ने र यस बाटोका शिलान्यास गर्न अनुकूल भएसम्म आफै आउनु हुने अठोट समेत व्यक्त गर्नुभएको थियोे । यस कार्यक्रमकाे आवश्यक तयारी तथा संचालन धम्पुस मोटर बाटो निर्माण आयोजनाका संयोजक जगनबहादुर गुरुङले गर्नुभएको थियोे ।

श्रोत : Bishow Gurung को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top