धम्पुस- घट्टेखोला- देउराली – खानीगाउँ हुँदै ल्वाग्ङ- भाङखोला( नयाँपुल,खोराको मुख) जोड्ने पक्की मोटर बाटो

http://www.dhampus.org

धम्पुस- घट्टेखोला- देउराली – खानीगाउँ हुँदै ल्वाग्ङ- भाङखोला( नयाँपुल,खोराको मुख) जोड्ने पक्की मोटर बाटो बारे महत्त्वपूर्ण जानकारी

१. यही २०७८ साल चैत ३ गतेका दिनमा पोखरा न्यूरोडमा अवस्थित सिटी स्क्याएर पार्टी प्यालेसमा धम्पुस,घट्टेखोला- देउराली – खानीगाउँ हुँदै ल्वाग्ङ- भाङखोला जोड्ने प्रस्तावित पक्की सडक परियोजनालाई व्यवस्थापन गर्न हलै गठित मा. गा. पा.-७ ,धम्पुसको संयन्त्र र ऐ,ऐ,गाउँ पालिका-८ ,ल्वाग्ङ सेवा समितिका अध्यक्ष सहित अग्रज व्यक्तित्वहरुका संयुक्त भेला बसि एशियाली बिकास बैंकको आर्थिक सहयोगमा संचालन हुने Rural Connectivity & inprovement project.(RCIP) आयोजनालाई व्यवस्थित किसिमले कार्य सम्पादन गर्नका लागि आवश्यक सम्पूर्ण तयारी गर्ने सहमति गरिएको थियोे ।

२. यही २०७८ साल चैत ६ गतेकाे दिनमा माछापुच्छ्रे गाउँपालिका-७ नं. वडा कार्यालय धम्पुसमा प्रस्तावित धम्पुस,घट्टेखोला- देउराली – खानीगाउँ हुँदै ल्वाङग्- भाङखोला जोडने लम्बाई १९.२५ कि. मी. र झण्डै ५८करोड रुपैयाँकाे बजेट भएको पक्की मोटर बाटो निर्माण कार्यसंग सं म्वधित विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त आयोजना ( RCIP) बाट आउनुभएका प्राविधिकहरुले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेका थिए।

३.यही २०७८ साल चैत ७,गतेका दिनमा धम्पुस,घट्टेख‍ाेला- देउराली – खानीगाउँ हुँदै ल्वाङग् – भाङखोला जोडने प्रस्तावित पक्की सडक निर्माण आयोजना बारे जानकारी तथा आवश्यक सहयोगका लागि मा. गा. पा.७ ,धम्पुस र ऐ.ऐ. वडा -८,ल्वाङग्का यस सडक निर्माण समिति ,सहयोग समिति ल्वाङग् सेवा समिति ,पार्टी प्रतिनिधिहरु तथा सामाजिक व्यक्तित्वहरुका संयुक्त प्रमण्डलले प्रदेश सरकार भाैतिक पूर्वाधार ,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका माननीय मंन्त्री श्री कुमार खड्का ज्यूसंग उक्त सडक आयोजनाबारे जानकारी गरि आयोजना लाई अगाडि वढाउन आवश्यक सहयोगकाे माग राखि त्यहाँबाट हामी फर्कदै गर्दाका क्षण!

श्रोत : Bishow Gurung को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top