धम्पुसको पानीको मुहान सुक्दै !

http://www.dhampus.org

माछापुच्छ्रे गाउँ पालिका-७ धम्पुस गाउँ प्राकृतिक दृश्यावलोकनका लागि जति महत्त्वपूर्ण छ I त्योभन्दा बढी त्यहाँ भएको बनजंगल र स्वच्छ पानीको मुहानले प्रसिद्ध छ। धम्पुसकाे नयाँ गाउँमा रहेको खुर्पेखाेल र लेककुनामा रहेको हुँदु,सुन्थलीखाेलाबाट पानी ल्याई ढिकुरपोखरीदेखि सराङ्गकोट र धितालसम्मका मानिसहरुका बाँच्ने आधार भएको सर्वविदितै छ।

तर हालैको बर्षहरुमा विना योजना र उद्वेश्य मनलागि बाटो खन्ने गर्नले त्यहाँको मुख्य मुहानहरु सुक्दै खुर्पे,सुनथली खाेलाहरुमा कमिला हिडेका देखिन थालेका छन्। भर्खरै नयाँ गाउँको पत्थ्रेलाल्टिन बजारदेखि भलैचे पटेरे( पोथन तल) बाटो खनिरहेको छ भने स्याल्चे छगोदेखि पटेरेतिर अर्को बाटो खनिरहेका छन।समय र युगले ल्याएको भाैतिक विकासका साधन ,स्रोतको उचित सदुपयोग गर्ने बिषयमा दुई मत छैन।

विकासका नाममा आवश्यकता र योजना विना गरिएको जथाभावी गरिने डाेजरे बाटो खनाईले भविष्यमा ठूलो बिनास ल्याउने कुरामा कुनै शंका छैन। यस्तो महत्त्वपूर्ण विषयमा बिशेष गरि सम्पूर्ण चेतनशील धम्पुस निवासी हरु र सम्पूर्ण न्यायप्रेमी बन्धुहरुमा सोच्न रआवश्यक पहलका लागि हार्दिक अनुरोध गर्दछु ।

बिश्व बहादुर गुरुङ,

नयाँ गाउँ ,

धम्पुस।

२०७८/०९/२० गते ।

श्रोत : Bishow Gurung को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top