माछापुच्छ्रे गाउँ पालिका-७,धम्पुस नयाँ गाउँकाे पथ्रे-नयाँबस्ती-पटेरे जाेड्ने गरि खन्दै गरेको मोटरबाटो जिल्ला प्रशासन कार्यालय कास्कीकाबाट रोक्न तोक आदेश प्राप्त !

आज २०७८ पुस २६ गते धम्पुस नयाँ गाउँकाे पथ्रे-नयाँबस्ती हुँदै पटेरे जोड्ने गरि वडा कार्यालयले दिएको अहिलेसम्मकै सबभन्दा खराब निर्णयकाे बिरुद्धमा हामी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाकाे प्रधान कार्यालय,पोखरा र जिल्ला प्रशासन कार्यालय पार्दीमा गएर माथि उल्लेखीत समस्या हरु सहितकाे निवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेस गरे पछि वहाँ ले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाकाे निर्देशक र सम्बन्धि प्रहरी कार्यालयलाई निवेदकहरुका माग बमोजिम बाटो खन्ने कार्य तत्काल रोकेर त्यहाँको वास्तविक यथार्थ प्रतिवेदन तत्काल बुझाउन सम्बन्धित निकायहरूलाई आदेश दिनुभएको विषय सम्पूर्ण न्यायप्रेमी धम्पुस बासीहरुमा जानकारी गराउँदाछु ।

विश्वबहादुर गुरुङ ।

जिल्ला प्रशासान कार्यलय कास्कीमा दर्ता गरिएको उजुरी I

श्रोत : Bishow Gurung को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top